
वन विज्ञान अध्ययन संस्थानले भोगाधिकार लिएर विद्यार्थीलाई प्रयोगात्मक अध्ययन गराउँदै आएको शान्तीवन क्षेत्र (वैरागी वन) मा वृक्षरोपण गर्न खोज्दा विवाद श्रृजना गराइएको छ । असोज २४ गते शनिवार शान्ति सामुदायिक वन उपभोक्ता समूहले सिसौ लगायत विभिन्न प्रजातिका वृक्षरोपण गर्न खोज्दा वौद्ध अघौ सदन समर्थक र वृक्षारोपण गर्ने पक्ष वीच विवाद भएको थियो । वौद्ध अर्घौ सदन पक्षधरले शान्ति वन क्षेत्रमा वृक्षरोपण गर्न नदिने भन्दै हल्ला मच्चाएका थिए भने सामुदायिक वन पक्षधर र स्थानिय वासिन्दाहरुले झाडी फाड्ने र वृक्षारोपण गरेरै छोड्ने अडान लिएका थिए विवाद वढेपछि दर्जन वढि प्रहरी वृक्षारोपण स्थलमा तैनाथ गराइएको थियो ।
शान्ति वन भित्र विद्युतिय शवदाह गृह वनाउने निर्माण गर्न सरकारले टेण्डर दिएपछि स्थानिय वृद्धचोक, रामघाट क्षेत्रका वासिन्दाहरुले स्वतस्फूर्त विरोध जनाउँदै आएका छन् । रुख काटेर वातावरण विगारेर वन क्षेत्रमा विद्युतीय शवदाह गृह निर्माण गर्ने कार्यलाई अन्यत्र सुरक्षित स्थानमा सार्न माग गर्दै राज्यका विभिन्न निकायमा धाउँदे आएका छन् । यो विरोधको श्रृंखला दुई दशक पुरानो हो तर सरकार पक्षले जनताको आवाज दवाएर वल पूर्वक शान्ती वन भित्र वृक्षारोपण गर्न उद्दत देखिएको छ ।
राज्यकोषको झण्डै १५ करोड रुपैयाँ खर्च गरेर विद्युतीय शवदाह गृह निर्माणको टेण्डर त ग¥यो तर लगानीको सुरक्षा प्रति ध्यान त के वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन समेत वनाएको छैन । राष्ट्रिय वन क्षेत्रको जग्गामा वन कार्यालयको अनुमती स्वीकृति समेत नलिई १० रोपनी जग्गामा विद्युतीय शवदाह गृह वनाउन खोजिएको हो ।
विगत २० वर्ष देखि संरक्षण गर्दै आएको वन वलपूर्वक हस्तक्षेप गरी विजुली सव दाह गृह निर्माण गर्न खोजिएपछि शान्ति सामुदायिक वन उपभोक्ता समूहले न्याय माग्दै सम्मानित सर्वोच्च अदालतमा रिट दायर गरेको छ । अदालतले विपक्षिका नाममा कारण देखाउ आदेश जारी गरिसकेको छ । यता उच्च अदालतमा पनि उक्त मुद्दा विचाराधिन रहेको छ । ठेक्का पाएको कम्पनी भने काम गर्न तम्सिएको छ । दुई अदालतमा थाती रहेको विवाद नसुल्झीए सम्म शवदाह गृह निर्माण कार्य अगाडि बढाउन नमिल्ने जानकारहरुले वताएका छन् ।
वृक्षारोपण स्थल शान्ति वनमा भेला भएका दुवै पक्षलाई प्रहरीले वृक्षारोपण कार्य र विजुली शवदाह गृह दुवै काम रोक्ने शर्त गराएर विवाद सुल्झाएको छ तर कहिले पुन विवाद व्युझिन्छ भन्ने एकिन भने छैन । प्रहरी प्रशासन लगाएरै भएपनि विजुली शवदाहगृह वनाएरै छोड्ने पक्षमा राज्य पक्ष रहेको छ त्यसमा वौद्ध अघौं सदनले साथ दिएको छ ।
वातावरणको क्षेत्रमा कार्य गर्दै आएको वुद्धचोक वातावरण सुधार समितिले संरषण गर्दै आएको शान्ति वन सोही समुदायलाई हस्तान्तरण गरिएपछि स्थानिय उपभोक्ताले संरक्षण र सम्वद्र्धनको जिम्मेवारी पाएपछि वन भित्र विजुली शवदाह गृह सम्वन्धि मुद्दा थप पेचिलो वन्न पुगेको छ । संरक्षकहरुलाई उपेक्षा गरेर सोही स्थानमा शवदाह गृह वनाउन थालिए त्यो मान्य नहुने चेतावनी दिदै आएका छन् । वृक्षारोपण कार्यक्रमको अध्यक्षता सम्झना अधिकारीले गरेकि थिइन् ।
प्रतिक्रिया दिनुहोस्