
हिमालय आँखा अस्पताल पोखरामा संचालित शनिवारे (स्पेसल) क्लिनिकमा विरामीसँग काटिने टिकटबाट अस्पताल प्रशासनले ३ सय रुपैयाँ लुकाएर १ सय मात्रको हिसाव देखाउन नयाँ जुक्ती प्रयोग गर्दै आएको रहस्योद्घाटन भएको छ । उक्त अस्पतालले हरेक शनिवार संचालन गर्दै आएको स्पेशल क्लिनिकको रु. १ सयको जनरल टिकट विरामीलाई ४ सय रुपैयाँ लिएर दिने गरिएको प्रमाण फेला परेको छ । जनरल टिकटको मूल्य रु सय मात्र हो जुन टिकटको तल्लो भागमा लेखिएको हुन्छ ।
अरु दिन सेवाग्राही (विरामी) लाई त्यहि जनरल टिकट सय रुपैयाँमा दिइन्छ अर्धकट्टी सहित तर सोही जनरल टिकट शनिवार दिइन्छ टिकटको दायाँ पट्टी ४ सयको स्ट्याम्प ठोकिन्छ सेवाग्राहीले थाहा नपाउन भनेर अर्धकट्टी च्यातेर माथिल्लो भाग मात्र दिइन्छ । माथिल्लो भागमा विरामीले काटेको रसिद नम्वर तल हुनु पर्छ ।
सराङकोट प्रतिनिधि स्वयम्ले अक्टुवर १० तारेख २०२० शनिवार विरामी वनेर टिकट काटेको थियो । उक्त दिन काटिएको एम.आर.नं. ८४२५४९ को टिकट पनि अर्धकट्टी च्यातेर माथिल्लो भाग मात्र दिइयो । टिकट काउन्टरमा रहेका कर्मचारी बुद्धि सागर त्रिपाठीसँग अर्धकट्टी उपलव्ध गराउन आग्रह गरियो तर दिन मानेन् सय रुपैयाँ अंकित गरिएको जनरल टिकटका अर्धकट्टी तत्काल गायव पारियो । सेवाग्राहीको हैसियतले उक्त अर्धकट्टी माग गरियो तर काउन्टरका कर्मचारी त्रिपाठीले भने “अर्धकट्टी प्रशासन प्रमुख कुमार गर्वुजाले अफिसमा लागि सक्नु भयो ।”
हामीले सूचना अधिकारी समेत रहेका कुमार गर्वुजालाई शनिवारे स्पेशल क्लिनिकको अर्धकट्टी हेर्न आग्रह ग¥यौ । गर्वुजाले कुनै पनि अर्धकट्टी आफूले नलिएको प्रस्ट्याए । कर्मचारीहरु वीच मै परस्पर विरोधी अभिव्यक्ति आएपछि टिकट काण्ड थप शंकास्पद र रहस्यमयी वन्दै गयो । गत आ.व. २०७६/७७ मा मात्र ११४२ वटा स्पेशल टिकट काटिएको हिमालय आँखा अस्पतालमा ३ लाख ४२ हजार ६ सय रुपैयाँको हिसाव कम्प्युटर विलिङको प्रणालीमै छिरेको छैन उक्त हिसाव अर्धकट्टी सँगै गायव भएको छ सिस्टम बाट ।
सेवाग्राहीबाट रु. ४०० को स्ट्याम्प ठोकेर लिएको ११४२ जना विरामीको टिकट शुल्क ४ लाख ५६ हजार ८ सय मध्य १ लाख १४ हजार २ सय मात्र प्रणालीमा प्रविस्ट भई ३ लाख ४२ हजार ६ सय रुपैयाँ कता गयो खोजि हुनु पर्ने माग उठेको छ । यो रकम एक वर्षको मात्र हो विगत लामो समय देखि स्पेशल क्लिनिक चल्दै आएको छ हालसम्म १० औं लाखको रुपैयाँ स्ट्याम्प ठोकेर पैसा लिने अर्धकट्टी गायव पारेर हिसाव मिलाउने र वाँडीचुडी खाने गर्दै आएको वुझिएको छ ।
बा“डीचुडी इन्सेल्टिम
हिमालय आँखा अस्पतालले शनिवारे क्लिनिकबाट उठेको पैसा अतिरिक्त सेवा प्रदान गर्ने कर्मचारीहरुलाई वितरण गर्दै आएको वताएको छ । तर बिल अनुसारको आम्दानी खर्च कसरी दुरुस्त हुनसक्छ भन्ने प्रश्न अनुत्तरित्त नै छ ।
सेवाग्राहीबाट उठेको रकम यसरी बाडिन्छः
१) नेत्ररोग विशेषज्ञलाई – ३९.५%
२) दृष्टि विशेषज्ञ/नेत्र सहायक/अधिकृत – १४.५%
३) आँखा स्वास्थ्य कार्यकर्ता – ६.७५%
४) औषधी पसल – ६.५%
५) दर्ता शाखा – ९.५%
६) चश्मा पसल –१३%
७) अस्पताल – ७.५%
८) कार्यालय सहयोग – २.७५%
हिमालय आँखा अस्पतालले विरामीबाट उठाएको पैसा आठ भाग लगाइने गरेको पाइएको छ । जसमा अस्पतालले जम्मा ७.५ प्रतिशत मात्र पाउँछ । अन्य सरकारी अस्पतालमा अतिरिक्त सेवावाट उठेको कुल पैसाको २५ प्रतिशत रकम अस्पतालमा रहन्छ तर सेवामा नाम चलेको आँखा अस्पतालले जम्मा ७.५ प्रतिशत मात्र पाउने गरेको खुल्न आएको छ ।
पछिल्लो समय हिमालय आँखा अस्पताल पोखरा अनेक विवादमा मुछिएको छ । अस्पतालमै कार्यरत कर्मचारीहरुको संस्था नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले मिति २०७७/६/६ मा च.नं. ०९ को छानविन माग सम्वन्धि व्यवस्थापन समितिका अध्यक्षलाई लेखिएको पत्रमा त्यहाँ कार्यरत लेखा अधिकृत वामदेव सुवेदीले विरामीको उपचारबाट उठेको पैसा व्यक्तिगत खातामा राखेको विषय र चश्मा पसलको आम्दानी खर्च सम्वन्धमा आ.व. २०७३/७४ देखि लाखौंको हिसाव नमिलेको हाल सम्मको आर्थिक कारोबार छानविनको माग समेत गरेका छन् हाल अस्पताल व्यवस्थापनले छानविन समिति नै वनाएर छानविन गरिरहेको खवर प्राप्त भएको छ ।
हिमालय आँखा अस्पताल पवित्र र गरिमायुक्त सामाजिक उत्तरदायित्व वोकेको पवित्र संस्थामा हुने गरेका अपारदशर्मी र विवादित सन्दर्भलाई किमार्थ राम्रो मान्न सकिन्न । यथार्थ कुरा वाहिर ल्याई दुधको दुध पानीको गर्न राज्यका निकायहरुको ध्यान जाओस् ।
प्रतिक्रिया दिनुहोस्