२०८१ चैत्र ५
०६१४४५०००, ९८५६०३३३९१

नयाँ वर्षको दिन भलिवल कोर्ट तथा चेन्जिङ रुमको उद्घाटन

पोखरा महानगपालिकामा अवस्थित बाराही स्कुल खेल मैदानमा निर्माण भएको भलिवल कोर्ट तथा पुरुष महिलाको चेन्जिङ रुम बुधबार नयाँ वर्षको अवसरमा एक कार्यक्रम बिच उद्घाटन गरिएको छ । अभियान युवा क्लवको समन्वय तथा बाराही मावि, वडा कार्यालय, महानगरपालिका र खेलकुद मन्त्रालयको सहयोगमा निर्मित कोर्ट तथा चेन्जिङ रुम उद्घाटन गरिएको हो ।
उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा ५ का वडाध्यक्ष धन बहादुर नेपालीले बाराही खेल मैदानलाई इनडोर स्टेडियम बनाउनका लागि पहल भैरहेको र यो बनाउन सकिएमा पोखरा ५ मा खेलकुद क्षेत्रको ठुलो विकास हुने विश्वास व्यक्त गरे । साथै वडा ५ लाई शिक्षा र खेलकुद क्षेत्रमा विभिन्न विकासका कार्यक्रम अगाडी बढाइरहेको समेत उनले जानकारी दिए । अझ व्यवस्थित गरिमैदानलाई राष्ट्रिय स्तरकै खेल खेलाउन मिल्ने स्टेडियम बनाइने प्रतिवद्धता प्रवक्ता नेपालीले व्यक्त गरे ।


त्यस्तै जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले धेरै प्रयासका बाबजुत बाराही खेल मैदानले विकासको रुप लिन थालेको बताए । साथै विकासकै लागि राजनिती गरिनुपर्ने उनको भनाई थियो । त्यसैगरि बाराही मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु बरालले बाराही खेल मैदानलाई नमुना स्टेडियम बनाउनुपर्नेमा जोड दिए ।
यता अभियान क्लवका अध्यक्ष मोहन बहादुर केसीले चार चरणमा गरि भलिवल कोर्ट र चेन्जिङ रुम बनाउन सफल भइएको जानकारी दिए । अव उपयोग र संरक्षणको विषयमा वडा र विद्यालय लाग्नुपर्ने उनको भनाई थियो ।
उद्घाटन कार्यक्रममा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघ संस्थालाई सम्मान पत्र प्रदान गरिएको थियो । साथै कार्यक्रम पश्चात क्लवका पदाधिकारी र बाराही माविका शिक्षकहरुको मैत्रीपूर्ण खेल समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्