शिक्षा, तथा खेलकुद मन्त्रालयले राजनीतिक दलका कार्यक्रममा सहभागी हुने शिक्षक तथा राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई निगरानी गरी आवश्यक कारबाही गर्न देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ।
मन्त्रालयको विद्यालय शिक्षा शाखाले मिति २०८३/०६/०६ मा जारी गरेको निर्देशनमा पछिल्ला केही दिनमा बैतडी, बागलुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट, सल्यानलगायत जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको समाचार सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट सार्वजनिक भएको उल्लेख गरिएको छ।
निर्देशनमा शिक्षकका यस्ता गतिविधि शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को खण्ड (ग) मा रहेको कानुनी व्यवस्थाविपरीत हुनसक्ने भन्दै त्यस्ता गतिविधिको थप खोजबिन तथा निगरानी गर्न भनिएको छ।
मन्त्रालयले स्थानीय तहसँगको समन्वयमा आचारसंहिता उल्लङ्घन गर्ने शिक्षकलाई सोही नियमावलीको नियम १३७ को खण्ड (ग) तथा नियम १४३ बमोजिम आवश्यक कारबाहीको व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ।
उपसचिव लिलानाथ पोखरेलको हस्ताक्षर रहेको पत्र शिक्षा विकास तथा समन्वय इकाइमार्फत सम्बन्धित निकायलाई पठाइएको हो।
मन्त्रालयको यो निर्देशनसँगै विद्यालयमा अध्यापन गर्ने शिक्षकहरूलाई दलीय राजनीतिक गतिविधिभन्दा शिक्षण–सिकाइ र विद्यालयको शैक्षिक वातावरणमा केन्द्रित हुनुपर्ने विषय पुनः चर्चामा आएको छ। शिक्षक राजनीतिक कार्यक्रममा खुलेर सहभागी भएको पाइएमा स्थानीय तह र सम्बन्धित शिक्षा निकायले निगरानी तथा कानुनबमोजिम प्रक्रिया अघि बढाउनुपर्ने देखिएको छ।
कास्किमा पनि काङ्ग्रेसको चुनाव गराउन शिक्षक खटिए
सरकारले शिक्षक तथा कर्मचारीले राजनीतिक दलको भातृ तथा शुभेच्छुक सस्थाहरुको सदस्य बनेर दलिय गतिविधिमा सलग्न रहेको भन्दै दलका ट्रेड युनियन खारेज गरेपनी अझै केही शिक्षक तथा कर्मचारीले राजनीतिक गतिबिधिमा भाग लिएको प्रमाण बाहिरिन थालेको छ । हालै सन्चालन भैरहेको नेपाली काङ्ग्रेसको अधिबेशनमा सरकारी बेतन खाइरहेको शिक्षकहरुले चुनाव गराउन खटिएको प्रमाण सहित बाहिरिएको छ ।
माछापुच्छ्रे गाउपालिका २ नम्बर वडाको काङ्ग्रेसको वडा अधिबेशनमा बाराही प्राथामिक बिध्यालयका प्रधानाध्यापक राम प्रसाद आचार्य चुनाव गराउन खटिएको पाइएको छ । स्थायी शिक्षक आचार्यले चुनाव गराउदै गरेको फोटो सामाजिक सन्जालमा साझा गरिएको पाइएको छ । शिक्षा मन्त्रालयले राजनीतिक गतिबिधिमा सहभागी नहुन र भएको पाइएमा कारबाही हुने चेतावनी सहितको सूचना जारी गर्दा पनि शिक्षक आचार्यले त्यसको अवज्ञा गर्दै चुनाव गराउन खटिएका थिए । हामिले सम्पर्क गरि प्रतिक्रिया लिदा उनले आफू निर्वाचनमा गएको स्वीकार गरेका छन । पार्टी निर्वाचन कमिटिले खटाएको भएर गएको आचार्यले बताए । आफू पहिला शिक्षक संघमा रहेको तर अहिले पार्टिको कुनै भुमिकामा नभएको उनले बताए ।
शिक्षा तथा खेलकुद मन्त्रालयका सूचना अधिकारी बिरबहादुर धामिसङ्ग यश बिषयमा प्रतिक्रिया लिदा सरकारी बेतनधारी शिक्षक कर्मचारीले सरकारले खटाएको भन्दा बाहेक पार्टिको काममा जान नहुने गएको पाइए , सलग्न भएको पाइए शिक्षा ऐन २०२८ को संशोधन सहितको दफा १२ र १६ बमोजिम छानबिन र कारबाही हुने बताए । यस बिषयमा देशभरबाट गुनासो आएपछी ७७ वटै शिक्षा बिकास तथा समन्वय इकाइलाइ आवश्यक छानबिन र कारबाहीको लागि निर्देशनात्मक पत्राचार गरिएको पनि मन्त्रालयका सूचना अधिकारी धामिले बताए ।शिक्षा बिकास तथा समन्वय इकाइ कास्किका प्रमुख लोकनाथ आचार्यले तस्वीर सहितको गुनासो आएकोले स्पष्टीकरण माग गरिने बताए ।
कास्किको यो बाहिर आएको नमुना मात्र हुन सक्छ । हरेक जसो राजनितीक दलका चुनावमा यस्ता गतिविधि हुने गरेकाछन । कतिपय ठाउमा शिक्षक तथा कर्मचारीहरु पार्टिमा निर्वाचित भएर जिम्मेवारीमा समेत रहेका छन । राज्यले दलसङ्ग आबद्द भएकोलाइ कारबाही गर्नु आवश्यक छ


प्रतिक्रिया दिनुहोस्