अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार उनीहरूले सार्वजनिक सेवामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस/रिसवत रकम माग गरी भ्रष्टाचार गरेको आरोप लागेको छ।
आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित चार जनालाई प्रतिवादी बनाएको जनाएको छ। उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको आरोप लगाइएको छ।
आयोगले प्रतिवादीहरूबाट २८ लाख २० हजार ३७५ रुपैयाँ बिगो कायम गरी असुलउपर गर्न तथा कसुरअनुसार कैद र बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिएको छ।
अख्तियारले सार्वजनिक पदमा रहेर सेवाग्राहीसँग घुस/रिसवत माग्ने तथा सरकारी सेवा प्रवाहलाई आर्थिक लेनदेनसँग जोड्ने कार्यविरुद्ध अनुसन्धान तथा कानुनी कारबाही अघि बढाउँदै आएको छ। अख्तियारले पटकपटक कर्मचारी बिरुद्द मुद्दा चलाएपनी अझै भ्रष्टाचार नरोकिनुलाइ बिडम्बना मान्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्