Prabhu Bank Ad

सरक्षक नै भक्षक, रक्षक नै तक्षक भएपछि

सराङकोट न्यूज
29 June, 2021 8:18 pm
Shiva Raj Bastakoti

यति बेला सिंगो देस रोएको छ आम नेपाली जनता पीडा डर त्रास र कष्टले रोइ रहेका छन् छटपटाइ रहेका छन् कहिले छिमेकि राष्ट्र को ज्यादति सिमा अतिक्रमण त कहिले वालुवाटारमै प्रवेस गर्दै सिंगो राष्ट्र कै अहित हुने खालका निर्णय हुने कहिले राष्ट्र नै बेलुनझै खुम्चिनु पर्ने अवस्था सिर्जित भइरहेको छ। कहिले शासकहरुकै लोलेपोते बोली र पाउदानिमा टाउक‍ै राखि सत्ता टिकाउने प्रपञ्चका कारण पनि भारतले नेपालमाथि हरपल हरक्षण सर्वत्र आफ्नो मनोमानि स्वार्थ पूरा गर्न भ्याएको छ। यसको मुल कारण अरु नभएर शासकहरुमा भएको स्वार्थ भ्रष्ट नियत र राष्ट्रियता विर्सेर गरिएको राजनितिनै हो।
त्यसैले भन्नै पर्ने हुन्छ कुनै पनि राष्ट्रको सरक्षक भनेकै त्यहाको सरकार हो जनताका लागि अभिभावको हो र रक्षक भनेको प्रशाशक हो ।जब सम्म शासक र प्रशासकले कुनियत राख्दैनन् तब सम्म कुनै पनि राष्ट्र माथि बाह्य शक्तिले धावा बोल्न पनि सक्दैन । त्यसैले भन्नै पर्ने हुन्छ जब सरक्षक नै भक्षक रक्षक नै तक्षक बन्न थाल्छन् तब त्यतिबेला त्यो देसको अबस्था के होला आम नागरिकले कल्पना पनि गर्न सक्दैनन् ।
तर यतिबेला भने हामिले कल्पनै नगरेका विभिन्न खाले निर्णय ठेक्कापट्टा सर सम्झौता गरेर नेपालको तिनै तहको सरकारले मनोमानि ढंगले जनताकै उठिबास हुने गरि जुन गलत हर्कत गरेको छ त्यो विश्वप्रख्यात कोभिड १९ भन्दा पनि हजारौ गुढा बढि खतरा छ जसले गर्दा नेपाली जनताको भविष्य अन्धकार तर्फ धकेलिन सक्ने प्रवल सभावना बढेर गएको छ।
प्रशासकले पनि राष्ट्र सेवक भएर बर्षौ जागिर गरेर जनताको खुन पसिना को कमाइ बाट तिरेको कर बाट हाामिले तलव भत्ता खान्छौ ।त्यसैले यस्ता सम्पदा माथिको दोहन र जनअहित हुने खालका कार्य हुन दिनु हुदैन भनेर रोक्न ता परै जाओस् उल्टै शासक नेता मन्त्री सासद हरु भागबण्डामा त प्रशासकहरु कमिसनको चक्करमा लागेर जनहित विपरितका निर्णयमा झन् बर्षौ लामो समयका लागि गरिने निर्णयमा हस्ताक्षर गर्नु भनेको नै तक्षक बन्नु बराबर हो ।
किन भने कुनैपनि देस शासक र प्रशाशक याने सरक्षक र रक्षक कै सुरक्षा र भरोसामा टिकेको हुन्छ त्यहाका आम जनता त्यहि बिश्वासमा बाचि रहेका हुन्छन् ।त्यसैले भन्नै पर्ने हुन्छ सरक्षक नै भक्षक र रक्षक नै तक्षक जसमाथि आम जनता निर्भर छन् । जसलाइ सहारा ठानेका छन् उसैबाट उसैको स्वार्थको आहारा बन्नु पर्ने । जसको विश्ववासमा देसको व्यवस्थापन र बिधि बिधान नीति नियम अगाडि बढि रहेको छ जसमाथि ठुलो भरोसा छ उसै बाट डसिनु पर्ने भए पछि त्यो देस र जनताकोअवस्था के होला हो ठिक त्यस्तै यतिबेला हाम्रो देसमा भइरहेको छ।
कहिले अन्तर्राष्ट्रिय शक्तिलाइ देसका विभिन्न सम्पदा बर्षौका लागि ठेक्कामा दिने कहिले अन्तर्राष्ट्रिय ठेकेदारलाई स्वदेसको दिर्घ योजनाहरु सुम्पिने कहिले स्वदेसि ठेकेदारलाई सम्पदा सरक्षण र विकासका नाममा जनताकै उठिवास हुने गरि ठेक्कामा दिने भएपछि के त्यहाका जनता सुरक्षित हुन सक्छन् तिनको भविष्य सुरक्षित हुन सक्छ । दायाँ बायाँ नहेरि अघिपछि नसोचि गरिएका विकास निर्माण र योजनाले आम सर्वसाधारण जनतामा के कति दिर्घ असर पर्छ भन्ने कुरा त मेल्म्चिमा आएको बाढिले नै प्रमाणित गरि सकेको छ ।
त्यतिले नपुगेर पोखरा महानगर पालिकाले हालै सि·ो पामे फाट र त्यसको वरपर एक किलोमिटर भु भाग समेतमा २४ बर्षका लागि दिइएको कागजि निर्णय नै काफि छ ।विकासको बहाना बनाएर अदृस्य लगानि सेयर रहने गरि यसरी स्वार्थ सहित दिइने ठेक्का पट्टाले कसरी आम जनता र प्राकृतिक सम्पदा सुरक्षित रहन सक्ला आजको जटिल प्रस्न यहि छ। एकातिर सरकार सणवय कर्कलाको पातमा रहेको पानी जस्तो भएको अवस्था आएको प्रदेस सरकार जताततै विवादित हुँदै गएको स्थानिय सरकारको समयावधि सकिनै लागेको अवस्थामा यसरी सर्पको मुखमा रहेको भ्यागुताको जस्तो अवस्थामा रहेको स्थानिय सरकारले यसरी मनोमानी ढंगले जनतालाई घरमा थुनिएर बसेको बेला चालै नपाउने गरि जनतालाई थाहै नदिइ निर्णय गर्दै जानू भनेको भ्यागुताले किराा भुसुना हैन गहटो नै खान खोजे जस्तो हो
फेरि यतिवेला आम जनतालाई कोरोनाको कहरले सताइ रहेको बेला लकडाउनका नाममा जनता सडकमा निस्कन बन्देज लगाइएको यस्तो विषम परिस्थितिमा यसरी सघिय सरकार प्रदेस सरकार मात्रै होइन स्थानिय सरकारले समेत श्रंखलाबद्द ठेक्का पट्टाका निर्णय गर्दै जानुले गर्दा पनि दालमे कुछ काला हे भने जस्तै गरि आम जनताले स्थानिय सरकार जनप्रतिनिधि माथि नै शंका मान्नु पर्ने अवस्था आएको छ ।
त्यसैले अब यदि जनतालाई लोकतन्त्र प्रति विस्वास दिलाउनु छ भने लोकतन्त्रको अनुभूति गराउनु छ भने एउटा माघले जाडो जादैन भन्ने चेतना छ भने र यहि भुमिमा टाउको ठड्याएर हिड्नु छ भने यी र यस्ता जनहित विपरितका सबैखाले निर्णय खारेज गरि देस र जनता प्रति उत्तरदायित्व बोध भएको प्रमाणित गराउनु जनप्रतिनिधिको लागि परिक्षणको घडि हुन सक्ला अन्यथा जनताले चाहृे भने प्रकृतिक बाढले बरु किनारामा त फाल्ला तर जनबाढले कसलाई कहाँ पुर्याउछ यो त समयलेनै बताउला त्यसैले अब सरक्षक भक्षक होइन सरक्षक बन्न सक्नु पर्छ रक्षक तक्षक होइन रक्षक बन्न सक्नु पर्छ यसका लागि स्वार्थ सहित गरिएका सबैखाले निर्णय बदर वा खारेजि गर्न सक्ने आट जनप्रतिनिधि ले गर्न सक्नु पर्छ ।जनशक्ति भनेको के हो जनबाढ भनेको के हो हिजोका शासकलाइ सोधे हुन्छ ।अहिले सम्म बाघले खाएको छैन अहिले सम्म बाढ आएको छैन हैन बाघ आयो भने त खाइ हाल्छ जनबाढ आयो भने त बगाइ हाल्छ त्यसैले हिन्दिमा एउटा भनाइ छ।
आगेचेते चेते नहि पिछे चेते होते नहि माथेमे हाथ रखके रोते नहि, यो भनाइलाइ गहिरिएर अध्यन गर्ने कि तीन सरकार ।

प्रतिक्रिया दिनुहोस्: