आत्मनिर्भर संक्षिप्त विश्लेषण

सराङकोट न्यूज
21 August, 2021 10:42 am
Advertisements
Advertisements

अधिवक्ता शिव प्रसाद गौतम

जीवन यापनका लागि अरुको आड भरोसा नलिई आफूमा निर्भर हुने वा आफ्नो भरोसामा रहने काम, आफ्नै भरको खुट्टाको दरो टेकाई आत्मनिर्भर हो । आत्म ं निर्भर आत्मनिर्भर हो । आत्मनिर्भर शब्द व्याकरण अनुसार शब्द–रचनाका क्रममा दुई वा दुई भन्दा बढी शब्द नियमानुसार निभक्तिलोप, ध्वनिहरुको हेरफेर, संयोग आदि भई पूरै पदको एउटै अर्थ वा शब्दानुसारको अर्थ बुझाउने गरी मिल्ने, एउटै पद बन्ने वा समस्त हुने काम, परम्पर सम्बन्ध रहेन मकत शब्दहरुको एक मोल हुने काम जस्तै घरको काज – घरकाज सानाी आमा . सानीमा, दुई बाटो . दोबाटो, घर र बारी . घरबारी ई । उपर्युक्त प्रकारले विभिन्न रुपबाट समास हुने तत्पुरुष कर्मधारण, द्विग, द्वन्द, बहुब्रिही अव्य भाव आदि भदेवा प्रकार भएको सकारात्मक शब्द आत्मनिर्भर शब्द हो । यो शब्द आत्म र निर्भर दुई छुट्टाछुट्टै अर्थ भएका शब्द मिलेर भिन्न अर्थ लाग्ने आफैमा निर्भर भन्ने जनाउँछ ।
पहिले आत्मा भनेको के हो हामीले बुझ्नु पर्छ । शरीरमा रहेमा त्यसलाई जीवित राख्ने र क्रियाशिल बनाउने तथा नरहेमा निष्क्रिय वा मुर्दा बनाउने अविनाशी, अतिन्द्रिय र अभौतिक शक्ति आत्मा हो । अर्थात प्राणीहरुमा रहेको अदृश्य र अमर शक्ति जसले प्राणीलाई क्रियाशील गराउँछ त्यो शक्ति आत्मा हो । जहाँ आत्मा छैन त्यो जड हो । आत्मा भएको वस्तु जीव हो नभएको निर्जीव । निर्भर शब्दको पृथक अर्थ हो भरोसामा रहेको, आश्रित, अवलम्वित, झुण्डिएको, पूरा भरिएको, भरिभराउ, प्रशस्त, ज्यादै, खुब हो । भरपर्ने क्रिया वा भाव आश्रय धर्मिता निर्भरता हो । अर्थात आत्मनिर्भर . आत्मनिर्भर भनेको अरुको कुनै आड आधार नलिएर आफूमै निर्भर हुने वा आफ्नै भरोसामा रहने काम, आफ्नो भर वा खुट्टाको दह्रो टेकाइ आत्मनिर्भर हो । आफ्नो व्यवहार चलाउन आफै सक्षम मै आफैले चलाउनु आत्मनिर्भर हो ।
आफ्नै पौरखले आत्मनिर्भर रहने भाव वा अवस्था, आफ्नै खुट्टामा उभिने वा आफ्नै भरथेगमा अड्ने काम स्वावलम्वन हो । स्वावलम्वन हो । स्वावलम्वि भावना भएको आफ्नै खुट्टामा उभिएको आत्मनिर्भर व्यक्ति स्वावलम्बी हो । स्वावलम्बीको विपरितार्थक शब्द परावलम्बी हो । अर्काको भर नपाई बाच्नै नसक्ने व्यक्ति परावलम्बी हुन् । समाज र देशलाई आत्मनिर्भर स्वावलम्बी व्यक्तिको खाँचो छ । आत्मनिर्भर व्यक्तिले इमान्दारी पूर्वक आफ्नो व्यवहार चलाउने हो भने आफू, समाज र राष्ट्रलाई नै फाइदा हुन्छ । आत्मा भए परमात्मी पुजिन्छ । जनदेशका नागरिक एक आपसमा आत्मनिर्भर छन् त्यो देशका नागरिक सबै सुखी हुन्छन् । सबै नागरिक आत्मनिर्भर भै स्वावलम्बी हुने हो भने सम्वृद्ध नेपाल सुखी नेपाली भन्ने संवैधानिक उद्देश्य पूरा हुन्छ । आफ्नो काम आफूले गरेजति अरुबाट हुँदैन । अरुको सहयोग लिन र पाउनु भुतको न्यानो भन्ने उखान समान हो । हाम्रो देशमा त शहिदको रगतमा नेताको ढुल्याइँ, मर्दको आर्जनमा नामर्दको रजाइँ छ । यहाँ त सित्तै पाए तीन माना चुक खाने, सित्तै पाए अलकत्रा पनि खाने प्राविधिक र निर्माण व्यवसायीहरु छन् । देशमा आत्मनिर्भर भएर शुद्ध कमाइ गरेर खाने नेता प्रशासकको अत्यन्त खाँचो छ । आत्मनिर्भर भएर शुद्ध कमाइ गरी खानेलाई परावलम्वीहरुले गरिखान दिदैनन् । भागवण्डा र लुछाचुडीको शासन सत्ता छ । योग्य व्यक्तिलाई योग्य पदमा राखेर काम लिने परिपाटी छैन । राज्यको शासन सत्ता स्वार्थीहरुको हातमा छ । स्वार्थले शक्तिलाई फुटाउँछ । हाम्रो नेपालमा यही भएको छ । कुरा ग¥यो कुरैको दुःख छ । सबै नेपाली आत्मनिर्भर बनौं यसैमा हाम्रो कल्याण छ शुभम् ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: