अझै पनि विभेदको खाडलभित्र पत्रकार महिला

सराङकोट न्यूज
9 October, 2021 6:17 pm
Advertisements
पारिजात खराल
– पारिजात खराल

आधा धर्ती ढाक्ने हिस्सा बोकेका महिलाले आफ्नो अधिकार स्थापित गर्न कति समक्ष छन् भन्ने बारेमा कसैसँग कुनै तथ्याङ्क नै छैन । संविधानका पानाहरुमा लेखिएका अधिकार र आरक्षण केवल सहानुभूतिका लागि “विचरा” मानिएझै लाग्न थालेको छ । जसरी वनका काँडाहरु आफै तिख्खारिएका हुन्छन् । त्यसैगरी हामी नेपाली महिलाहरु तिख्खारिन र निख्खारिन सकेका छैनौं । नीति निर्माता र नेताहरुले आदर्शका भाषणमा कुदिएका शब्दहरुलाई भ¥याङ बनाएर भोट बैंक बन्न ठीक्क नेपाली नारीहरु अझै पनि स्वयम् सक्षम हुन नसकेको अवस्था घाम जतिकै छर्ल· छ ।
थुप्रै चुनौतीका पहाड बोकेर जीवनका उकाली ओराली गर्दा पुरुषका तुलनामा बढि नै गोता र हण्डर खान विवस छन् महिलाहरु । लि·को आधारमा भेदभाव नहुने कुरा व्यवहारमा आउन सकेको छैन दिनभर महिला अधिकारका नाउँमा तारे होटलमा गोस्टी र सेमिनारमा डकारेर साँझ घर पुग्ने पुरुषहरु ढोका बाटै श्रीमतीलाई हकार्दै भित्र पस्ने पात्र यही समाजमा वरिष्ठ समाजसेवी र महिला अधिकार कर्मीको सम्मान खायर बसेकाहरुको फेहरिस्त लामै छ, यो ढोगी र देखावटी कहिले सम्म चल्ने हो अझै अनिश्चित छ । भनिन्छ पत्रकार समाजको ऐना हो । समाजको अवस्था जस्तो छ त्यसलाई चित्रण गर्ने काम पत्रकारको हो । तर यहाँ पत्रकार भित्रै विभेदको ठूलो खाडल विद्यमान रहेको पाइन्छ । समाजले वा राज्य र तिनका निकायले पात्र माथि पहिलो प्रहार गर्छ उपेक्षा गर्छ निन्दा गर्छ, हेप्छ मात्र होइन, गिद्धे दृष्टि नै लगाउँछ । यहाँ चर्चा गर्न खोजिएको पत्रकारिता भित्रको पात्रको विषय हो ।
पेशामा लि·को विभेद गर्न हुन्न भनिए पनि त्यो कुरा आदर्श मात्र बन्न पुगेको छ । समाजलाई दिशा निर्देश गर्ने, विभेद, विसंगती कुशासनका खिलाफमा कलम चलाउन भनिएका पत्रकारहरु भित्रै विभेदले जरो गाडेको छ । जसको एक अनुभवी पात्र यो पंक्तिकार स्वयम् हो ।
पोखराबाट प्रकाशित सराङ्कोट साप्ताहिक पत्रिकामा विगत ५ वर्ष देखि सक्रिय पत्रकारितामा होमिदा थुप्रै तिता मिठा अनुभूतिहरु संगाल्ने अवसर पाए जसलाई हाम्रा आम पाठकहरु समक्ष प्रस्तुत गर्न उचित ठानेको छु ।
त्यसो त पत्रकारितामा होमिनु मेरो प्रारम्भिक रुचीको विषय भने थिएन तर पारिवारिक अनुकूलता सँग जोडिएर या पेशामा होमिन पुगेको थिए । मेरो श्रीमानले साढे दुई दशक देखि अपनाएको पत्रकारिता पेशाबाट म पूर्णतया प्रभावित हुन पुगेको पात्र हुँु ।
श्रीमान पत्रकार श्रीमती गृहणी हुँदाका अनुभवका तिता मिठा अनुभवका श्रृङ्खला लामो छ । पत्रकारको भात सँधै चिसो श्रीमती जहिले पनि तातो” भन्ने यथार्थता बुझ्न राम्रै अवसर मिलेको छ । साँझ ६ बजे पाकेको भात राती ११ बजे खानु पर्दा भातले तातोको धर्म छोडेको हुन्थ्यो भने पत्रकार श्रीमान ढिलो घर आउँदा चाहेर पनि नसेलाउने मनका कुरा अनगिन्ती र अविस्मरणीय लाग्छन् अझै ।
नमरी स्वर्ग देखिदैन भन्ने कुरा यथार्थ नै रहेछ । पत्रकारिता पेशामा लागेपछिको समय परिवारमा भन्दा पेशामा लक्षित हुने बाध्यकारी अवस्था अहिले छोराछोरीले बेहोर्दै आएका छन् मानौ त्यो पेशागत पुस्तान्तरण भइरहेछ ।
पत्रकारिता भित्र समर्पित भइरहदा समाज र राज्यले पत्रकार महिला र पुरुष बीचको विभेदी खाडल डर लाग्दो रहेको छ । नेपालमा कुल पत्रकार संख्या मध्ये १० देखि १५ प्रतिशतको संख्यामा महिलाहरु र बाँकी सबै पुरुषहरुको वर्चस्व रहेको छ । यो न्यून संख्यामा रहेका पत्रकार महिलाहरु पनि पेशामा आजित छन् । औलामा गन्ने केही पत्रकार बाहेक अधिकांश महिला पत्रकारहरु विभिन्न खाले उत्पीडनमा परेका गुनासाहरु आउने गरेका छन् । फिल्ड रिपोटिङमा जाँदा महिला पत्रकारलाई हेप्ने, अपमान गर्ने मात्र हैन सूचना दिन नै नखोज्ने, सूचना दिइहाले पनि अधुरो–अपुरो सूचना दिने, पछि आउनु भन्ने, सूचना नै दिएपनि के नै समाचार बनाउलान् र भन्ने हेय र कमजोर रुपमा मूल्याङ्न गर्ने परिपार्टीको संस्कारमा कम आउन सकेको पाइदैन ।
त्यही इस्युमा, पुरुष पत्रकारहरु रिपोटिङमा जाँदा अर्कै व्यवहार गरिन्छ। मानौ यी दुई पात्रको पेशा एउटै भएपनि “जेण्डर वायोस” गर्ने रोगले पत्रकार महिला बढी पिडित बनेका छन् । परिवारमा दुई व्यक्ति दुई थरी पेशामा लाग्दा दुवैको पेशा असफल हुन सक्ने भएकोले हामी दुवै जना श्रीमान श्रीमती एकै पेशामा संलग्न भएका छौ तर त्यसबाट पनि पारिवारिक अप्ठेराहरु ज्यूँका त्यू छन् ।
विहान फिल्ड हिड्ने समय सधैं अनिश्चित, घर फर्कने समय पनि अनिश्चित । छिमेकीहरु निन्द्रामा घुरिरहदा हाम्रो कोठामा दालको सिठ्ठी लाग्ने गरेको छ । कहिल त दालभात र तरकारी एकै भाडोमा सिठ्ठी लाग्छन् मध्य रातमा । यसमा छोराहरु पनि असन्तुष्ट भने छैनन् ।
एउटा गाइको बाच्छोलाई जन्मेकै दिनबाट पोखरीमा चोपलेर दूध खुवाउने क्रम ३–४ दिन गरियो भने पाँचौ दिनबाट दाम्लो फुकाएको बाच्छो पोखरीमा चोपलिएर मात्र दूध खाने गरेझै हाम्रो बालबच्चा पनि रात, साँझ जुनसुकै बेला पनि खाना खान, सुत्न पढ्न अभ्यप्त भइसकेका छन् । मूलाले आफ्नो साइज र डोभ आफै निर्धारण गरेझैं हरेकले आफ्नो कर्तव्य र समयका बाध्यता बुझ्ने बानी बसिसकेको छ ।
सरकारी कार्यालय हुन् या अरु नै निजी कार्यालयहरु जहाँसुकै पनि पत्रकारलाई हुने गरेको “जेण्डर बायोस” को तुवालो हट्न जरुरी छ । पत्रकार महिलालाई आरक्षण, समावेशी र परनिर्भरताको आँखाले हेर्ने प्रवृत्ति रहेसम्म आम महिलाहरु जो पत्रकारिता पेशामा आवद्ध छन् । उनीहरुलाई घोर अन्याय भइरहनेछ ।
नेपालको राजनीतिक संस्कार पितृसतात्मक शैलीबाट चलेको छ। श्रीमानको देहान्त पछि श्रीमतीको उदय हुने गरेकोले सहानुभूतिको लाभबाट परिचित हुनेहरुका कारण पनि समाजले महिलाहरुलाई कमजोर पात्रको रुपमा आँकलन गर्ने गरिन्छ। नेपालमा उदाएका महिला नेतृहरु श्रीमानको अस्ताचलबाट सुरु भएको उदाहरण र कारणले पनि आम नागरिकलाई हेर्ने महिलाहरुलाई कमजोर र सहानुभूतिका प्रवृत्तिलाई हटाउन पनि महिला सशक्तिकरणको खाँचो छ । आम पत्रकार महिलाहरुले विभेद र विरोधमा विरुद्ध आवाज बुलन्द गर्न ऐक्यवद्धता जरुरी छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: