२०८१ चैत्र ५
०६१४४५०००, ९८५६०३३३९१

हिमाल पारीको निर्वाचन अपडेट : मुस्ताङमा एमाले क्लिन स्विप, मनाङ क मा मुनिन्द्र जंग विजयी

आम चुनाव २०७९ को निर्वाचन परिणाम धमाधम आउन थालेको छ। यसै क्रममा हिमाल पारिको जिल्ला भनिने मुस्ताङबाट नेकपा एमालेलाई नेपाली कांग्रेसले क्लिनस्विप गरिदिएको छ।
विजयको पहिलो खाता खोल्न सफल मुस्ताङ कांग्रेसका उम्मेद्वार २९ वर्षिय योगेश शेरचनले नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका थिए । मुस्ताङ प्रदेश सभा क मा ३३ वर्षिय नाम्डु गुरुङ र कांग्रेसकै अर्का प्रत्यासी विकल शेरचनले एमाले उम्मेद्वारलाई पराजित गरेपछि एमाले मुस्ताङबाट क्लिन स्विप भएको हो ।
यस्तै मनाङ क मा पनि कांग्रेस उम्मेदवार ४१ वर्षिय मुनिन्द्र जंग गुरुङले एमाले उम्मेदवार राजन गुरुङलाई ९२५ का विरुद्ध १२५५ मत ल्याई विजयी भएका हुन् ।
मनाङबाट प्रतिनिधि सभा सदस्यमा पनि नेपाली कांग्रेका उम्मेद्वार टेक बहादुर गुरुङले करिब २ सय मतले अग्रता लिएका छन् । मतगणनाको अन्त्य तिर पुगेकोले टेक बहादुर गुरुङले जित्ने सम्भावना निश्चित भएको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्