२०८२ असार १
०६१४४५०००, ९८५६०३३३९१

सुचनाको हक राष्ट्रिय महासङ कानुनि उपचारमा जाने

सुचनाको हकको क्षेत्रमा कृयासिल अभियन्ताहरुको छाता सस्था सूचनाको हकका लागि राष्ट्रिय महासंघले एक विज्ञप्ती जारी गर्दै महासंघ प्रति भ्रामक समाचार सम्प्रेशन गरेको प्रती घोर भर्त्सना गरेको छ ।

तिब्र खबर नामक अनलाईनबाट गत कार्तिक १० गतेदेखि पटक पटक भ्रामक समाचार प्रकाशन गरि महासंघलाई बद्नाम गराउन खोजेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका केन्द्रीय अध्यक्ष उम्मीद बागचन्द र केन्द्रीय महासचिव अजयकुमार साहले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै गलत समाचार सम्प्रेशन गरी सूचनाको हकका आम सरोकारवालाहरु माझ भ्रम सिर्जना गर्न खोजिएको प्रति सिंगो महासंघको ध्यानाकर्षण भएको जनाएका छन ।

Advertisement:

सूचनाको हक सम्बन्धी नागरिकको संवैधानिक मौलिक हकको संरक्षण र प्रवद्र्धन गर्न स्थापित एकमात्र नागरिक संस्था हो । सूचना मागेर सार्वजनिक निकायलाई जवाफदेहि र पारदर्शि बनाउन पहल गर्ने अभियान्ताहरुको सामुहिक पहलबाट स्थापित महासंघलाई बद्नाम गराउने नियतले भ्रामक,कपोकलपित र बदनियतपूर्ण समाचार लेखिएको प्रति घोर भर्त्सना गर्दै उक्त समाचारको खण्डन गर्दछौ,विज्ञप्तीमा उल्लेख छ ।साथै महासंघको सम्पूर्ण पदाधिकारी,सदस्य,शुभचिन्तक,सहयोगि तथा सरोकारवाला नियकायहरुलाई पनि त्यस्तो असत्य र भ्रामक समाचारको विश्वास नगर्न र भ्रममा नपर्न अपिल गरिएको छं ।
महासंघले भ्रमपूर्ण समाचार लेख्ने तिब्र खबर अनलाईन विरुद्ध कानूनी कार्वाहिमा जाने पनि प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । उक्त अनलाइनले आधार पुष्टि नगरी महासङको साख गिराउने नियतले शृङ्खलाबद्ध समाचार सम्प्रेषण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्