भ्रष्टाचार देशको क्यान्सर हो तर कर्मचारीहरु पटकपटक यहि क्यान्सरलाइ साथी बनाउदै आएका पाइन्छ । पछिल्लो पटक सवारी चालक अनुमती पत्र कार्यालय कास्की घुस कान्डको अखाडा बनेको तथ्य बाहिरिए सङ्गै सवारी चालक अनुमती पत्र कार्यालयका कर्मचारीहरु तितरबितर हुन थाले पछि नियमित सेवा प्रबाहमा प्रतक्ष प्रभाव पर्न थालेको छ । ८ बजे बाटै खोल्ने कार्यालय १० बजे मात्र करबलले जस्तै गरि खुल्न थालेको छ । नियमित भैरहने सेवा स्थगित गर्दै सुचना प्रकाशन हुन थालेको छ । रिट्रायल तालिका अनिश्चित समयको लागि स्थगित भएपछी निस्चित समय बिदा लिएर आएका र बैदेशिक रोजगारबाट आएका हरु प्रतक्ष मारमा परेका छ्न तर नागरिकको समस्या प्रती प्रदेश सरकार मौन रहेको छ ।
कार्यालयका प्रमुख मिलन बहादुर केसि एक महिना अगाडि नै बिदा लिएर अबकासको मिति कुर्दै साउन ११ गते बाट घर बसेका छन । सेकेन्ड हाकिम सूचना अधिकारी बिष्णु बहादुर थापा लामो बिदा बसेका छन । त्यसपछिका निमित्त नवीन क्षेत्री मोबाइल अफ गरेर बसेका छन । कम्पुटर अधिकृत सचिन्द्र न्येउपानेलाई मन्त्रालय तानिएको छ उनलाइ किन तानियो कसैलाई जानकारी छैन , लेखनाथमा लहडमा खोलिएको यातायात कार्यालयमा खटाउने स्रोतले बताएको छ ।
कार्यालयमा कार्यरत दरबन्दीका अस्थायी ३ जना कर्मचारीलाई मन्त्रीको मौखिक आदेशले बर्खास्त गरिएको छ , खल्तिको सुचिका मान्छे कहिले आउने हो थाहा पत्तो छैन । करारमा कार्यरत ७ जना कर्मचारी गत बैशाख १७ गते नै बर्खास्त गरिएको छ । कार्यालय स्रोत भन्छ प्रदेश सरकारले कर्मचारी राख्ने बजेट नै दिएन त्यही भएर हटाइएको हो ।
नागरिक सङ्ग प्रत्यक्ष जोडिएको सार्बजनिक सेवा प्रदायक कार्यालय सवारि चालक अनुमतिपत्र पोखरा यतिखेर अस्तब्यस्तताको सिकार बनेको छ । दैनिक सयौ नागरिकले सेवा लिने कार्यालयमा भएको बेथिती प्रती गण्डकी प्रदेश सरकारको चासो कति पनि देखिदैन । सरकारलाइ भएको कार्यालय ब्यबस्थापन र प्रभावकारी सेवा प्रबाहमा भन्दा अर्को यातायात कार्यालय खोल्नमै ध्यान गएको देखिन्छ । आम सेवाग्राही भन्दा स्वार्थ समुहको हितमा काम गर्न गण्डकी प्रदेश सरकार तम्सिएपछी त्यसको असर नागरिकहरुमा प्रत्यक्ष परेको छ ।
यातायात कार्यालयलाइ भ्रष्टहरुको अखडाको रुपमा सरकारले घोषणा गर्नु र कार्यालयमा गतिबिधी त्यस्तै देखिनुले यातायातको लाइसेन्स कार्यालयलाइ भ्रष्टको अखडा हो रहेछ भन्ने पुष्टि गरेको छ । कर्मचारी र बिचौलियाको घाँटी जोडिएर घुस कान्डको शृङ्खला बढाएको छ । लाइसेन्स कार्यालयलाइ कमाउ धन्दाको रुपमा व्यापक प्रयोग गरिनु र आवश्यक नै नभएको एकान्त ठाउँ लेखनाथमा अर्को यातायात कार्यालय खोलेर स्वार्थ समूहको इशारा मान्नुलाइ सयोग मात्र मान्न नसकिने प्रशासनका जानकारहरुले बताएका छन । प्रदेशमा सबै भन्दा बढी राजस्व उठ्ने र कार्यालय भएर पनि यातायात कार्यालयमा सरकारको ध्यान नजानु र खर्च बढाउन र खेलोमेलो गर्न अर्को कार्यालय खोल्नु आफैमा बिबादित र गैरजिम्मेवारपनको पराकाष्ठा नाघेको सहजै बुझिएको छ ।
यातायात कार्यालयको नाममा रहेको जग्गामा प्राइभेट अस्पताल चलाइएको छ तर मन्त्रालयले ध्यान दिएको छैन बरु भडाको घर खोजेर कार्यालय खोल्ने जमर्को गरेको देखिन्छ । अनावश्यक कार्यालय खारेज गर्ने प्रतिबेदन दराजमा राखेर नयाँ कार्यालय खोल्दै हिडेको छ यसले सस्तो लोकप्रियता सङ्गै कमाउ धन्दाको खेतो गरेको बुझ्न थालिएको छ ।


प्रतिक्रिया दिनुहोस्