२०८२ कार्तिक २१
०६१४४५०००, ९८५६०३३३९१

बिन्ध्यबासिनी माबिको असल अभ्यास , जन्मदिनको अबसरमा पुस्तकालयलाइ किताब उपहार

पछिल्लो समयमा होटेल , रेस्टुरेन्ट र पार्टी प्यालेसमा जन्मदिन मनाउने सस्कारको बिकास भइरहेका छन ।जन्म दिनको पार्टी र भोजमा धूम्रपान मध्यपानमा पैसाको खोलो बगाउने प्रवृत्तिको बिकास भैरहनुलाइ समाजको सम्भ्रान्त र उच्च बर्गको उपमा दिइन्छ । त्यति मात्र होइन देखासिकी सस्कृतिले निम्न मध्यम बर्गका घरपरिवारलाई पनि गाजेको छ ।
यो फजुल अबस्थालाइ चिरेर बिन्ध्यबासिनी मा बि पोखरा १६ बाटुलेचौरले जन्म दिनको फजुल खर्चलाइ रोक्ने जमर्को मात्र गरेका छैन त्यस्ता खर्चलाइ रचनात्मक मार्गमा उपयोग गर्न सुरु गरेको छ । यसको सुरुवात बिन्ध्यबासिनी माबी कक्षा ७ (क) मा अध्ययनरत  कृतिका अधिकारीले गरेकी हुन । जेस्ठ २७ गते जन्म दिन परेकी कृतिकाले आफ्नो बुवा नवीन अधिकारी सङ्ग सल्लाह गरि मेरो जन्म दिनमा बिध्यालयलाको पुस्तकालयमा किताब उपहार दिने बताउदै किताब ल्याइदिन अनुरोध गरिन । छोरिको इच्छा र आफ्नो मनोकाङ्छा बमोजिम चर्चित सामाजिक उपन्यास “सेतो धर्ती ” किताब पुस्तकालयमा राख्न प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य कक्षा शिक्षक बबिता बानिया र लाब्रेरियन उमा बराललाइ बुझाइन ।
जन्म दिनमा पुस्तकालयलाई किताब उपहार दिदै  शिक्षक महेन्द्रमणी पौडेल

कृतिका र नबिनले सुरु गरेको जन्म दिनमा पुस्तक उपहार कार्य अभियानकै रुपमा अगाडि बढेको पाइयो । यो पङ्क्तिकार असोज ५ गते आइतबार बिध्यालय पुग्दा मा बि अङ्ग्रेजी शिक्षक महेन्द्रमणी पौडेल आफ्नो जन्मदिनको उपलक्षमा अर्को चर्चित उपन्यास नवराज बरालको “नाम” पुस्तक हस्तान्तरण गर्दै थिए । यस अघि उनले बालबालिकालाई चकलेट मिठाई बाढेर जन्म दिन मनाउदै आएको अनुभव सुनाए ।
यो अभियान चलेको करिब ३ महिना मात्र भएको छ । यो अबधिमा करिब सय वटा पुस्तक पुस्तकालयमा जम्मा भैसकेको बिध्यालय प्रशासनले बताएको छ । शिक्षक कर्मचारी र बिध्यार्थी सबैले अभियानमा ऐक्यबद्धता जनाएका छन । बिध्यार्थी र शिक्षकहरुमा पठन सस्कृतिको बिकास गराउन मद्दत गरेको छ । बजारमा नाम चलेका चर्चित लेखकका उपन्यास कृति देखि ईतिहास , कला , भाषा साहित्य , कबिता निबन्ध लगायतका किताब निशुल्क पढ्न पाउने ब्यबस्था मिलाइएको छ ।
करिब १५ सय बिध्यार्थी पढ्ने बिन्ध्यबासिनी मा बिले ” जन्म दिनमा पुस्तक उपाहार “कार्यक्रमलाइ प्रत्येक कक्षाका बिध्यार्थी र अभिभावक सम्म पुर्याउने भएको छ । जन्मदिनमा चक्लेट मिठाई ,जङ्कफूड र केक सस्कृतिलाई हटाउदै स्वस्थ्य र सृजनात्मक समाजको निर्माणमा जुट्न अभियाननै चलाउने प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य बताउछन । यो अभियानले अबका केही बर्षमा बृहद पुस्तकालय बन्नेमा निस्चित देखिन्छ भने समाजमा हुर्कदै गएको बर्थडे पार्टी सस्कृती न्यूनीकरण हुँदै जानेछ ।

प्रतिक्रिया दिनुहोस्