२०८३ कार्तिक १५
०६१४४५०००, ९८५६०३३३९१

सामाजिक सुरक्षा भत्तामा देशकै नमुना तारकेस्वर गाउपालिका , पालिकाको तर्फबाट २७ सयलाइ बार्षिक ५ हजार थप ,

देशका विभिन्न पलिकाहरुले सामाजिक सुरक्षा भत्तामा थप गर्ने हल्ला पिटियो तर विभिन्न कारण देखाइ बृद्दी गरेको भत्ता दिईएको छैन तर नुवाकोटको तारकेस्वर गाउँपालिकाले गाउसभा बाट पारित गराएर सामाजिक सुरक्षा भत्ता सुबिधा लिनेहरुलाइ बार्षिक ५ हजार रुपैया थप गरेर लक्षित बर्गको मन जित्न सफल भएको छ । समग्र लाभग्राहिमा औसत एक महिनाको भत्ता थप गतिएको लेखा अधिकृत टिकाराम ओलिले बताए ।

 

तारकेश्वर गाउँपालिकाले अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम सञ्चालन गर्दै कार्यक्रममा नियमितको सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) सँगै ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, टुहुरा र बालपोषण भत्ता पाउने दलित समुदायका व्यक्तिहरूले खाई पाई आएको भत्तामा गाउँपालिकाले वृद्धि गरेको रु ५ हजार रकम बितरण कार्यलाइ कार्यान्वयनमा ल्याएको छ । पालिकाले पहिलो किस्ता स्वरूप रु. २५०० थप गरी वितरण गरेको छ ।
पालिकाका अध्यक्ष शिव अधिकारी अविरलको बिशेष योजना मुताविक यो कार्य अगाडि बढाइएको हो । भत्ता सुबिधा थप दिने सम्बन्धि ब्यबस्था गाउँ सभाले पारित गरेर मन्त्रालयबाट सहमती समेत लिइएको तार्केस्वर गाउँपालिकाका लेखा अधिकृत टिकाराम ओलिले सराङ्कोटलाइ बताए । योसँगै, ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण स्वास्थ्य परामर्श र निःशुल्क औषधि वितरण कार्यलाइ पनि निरन्तरता दिएको छ ।

यसैबीच गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले सामाजिक सुरक्षा भत्ता तथा बालपोषण भत्ता पाउनुहुने ज्येष्ठ नागरिक आमाबुबा, एकल महिला दिदीबहिनी, अपाङ्गता भएका दाजुभाइ दिदीबहिनी लगायतलाई प्रतक्ष भेटघाट गरि दशै तिहारको शुभकामना सहित थप भत्ता सुबिधा बितरण गरेका थिए ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत गाउँपालिकाले “अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम” ५ हजार प्रोत्साहन तथा जीविकोपार्जन भत्ताको व्यवस्था गरेको छ । यो भत्ता बितरणले नागरिकहरुले खुसी ब्यक्त गरेका छन । यो अभियानलाइ थप वृद्धि गरेर बितरण गर्ने योजना रहेको अध्यक्ष अधिकारीले सराङ्कोटलाइ बताए , नेपालका ७५३ वटै पालिका मध्य बिधिवत रुपमा भत्ता अनुदान थप गर्ने तार्केस्वर पहिलो पालिका हुनसक्ने अध्यक्ष अधिलारिले थपे ।

प्रतिक्रिया दिनुहोस्