२०८३ कार्तिक १७
०६१४४५०००, ९८५६०३३३९१

तार्केस्वरको तारुकाघाटमा झोलुङ्गे पुलको शिलान्यास

नुवाकोट । जनप्रतिनिधिको सक्रियताले कति प्रभाव पार्छ भन्ने नमुना बनेको छ तार्केस्वर गाउँपालिका नुवाकोट । हेल्वेटास स्विस इनकर्पोरेसन नेपाल (Helvetas Swiss Interco inoperation Nepal) र नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्य जुटाइ तारकेश्वर गाउँपालिकाले वडा नम्बर २ को तारुकाघाटमा निर्माण गर्न लागेको त्रिशुली नदी वारपार गर्ने झोलुङ्गे पुलको गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले सिलान्यास गरेकाछन ।

स्थानीयहरूसँगको माग सम्बोधनमा केन्द्रीत रहि लामो छलफल र सर्वपक्षीय सहमतिपछि दुवै सहयोगी संस्थाका प्रतिनिधिहरू समेतको उपस्थितिमा अध्यक्ष अधिकारीले पुलको शिलान्यास गरी निर्माणको औपचारिक सुरुवात गरेकाहुन ।

गाउँपालिकाले भदौ १० को विपद लगत्तैदेखि यो स्थानमा पुल निर्माणका लागि उच्च प्राथमिकताका साथ विभिन्न विकल्पमा खोजिको प्रयास गर्दै आएको थियो ।

शिलान्यासपछि अध्यक्ष अधिकारीले नाकाबन्दीको जस्तो अवस्थामा रहेको जनजीवनलाई तत्काल निकास दिन फास्ट ट्र्याकमा काम गरी छोटो समयमै निर्माण सम्पन्न गरिने बताउनुभयो । पुल निर्माण पछि दुबै क्षेत्रका नागरिकले सहज रुपमा आरपार गर्ने , व्यापार , कृषि र शिक्षामा टेवा पुग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्