भोटेकोसी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले आशिर्वाद एग्रो फिड्स इण्डिष्ट्रि प्रा.लि.ले रु. २ लाख ५५ हजार ५५५ सहयोग गरेको छ।
कावासोती–१०, मगरकोटमा रहेको कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो। कम्पनीले एभरेस्ट बैंक लिमिटेड, नारायणगढ शाखामार्फत कोषमा रकम प्रदान गरेको कम्पनिका अध्यक्ष बिनोद भन्डारीले बताए । देश र जनतालाइ सङ्कट पर्दा सबैले सहयोग गर्नु मानबिय धर्म रहेको भन्डारीले बताए ।
प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा परिवारहरूलाई राहत उपलब्ध गराउन र पुनर्स्थापना अभियानमा सहयोग पुर्याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरिएको कम्पनीले जनाएको छ।
‘पोषिलो पेलेट दाना’ ब्रान्डमार्फत पशुपन्छीका लागि दाना उत्पादन गर्दै आएको आशिर्वाद एग्रो फिड्सले विपद्को कठिन समयमा पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै राहत अभियानमा हातेमालो गरेको हो।
राष्ट्रिय विपद्को समयमा निजी क्षेत्र तथा व्यवसायिक प्रतिष्ठानबाट प्राप्त सहयोगले प्रभावित समुदायको राहत र पुनर्स्थापना कार्यलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्