अनुराग बन्जारा
बालेन्द्र शाह सरकारले सरकार गठन भए लगत्तै खारेज गरेको १५९४ जनाको सरकारी नियुक्ति धमाधम भैरहेको छ । बिज्ञापन मार्फत माग गरिएका ती सरकारी केही पदहरुमा पुरानै दोहोरिएका छन । यस अघि तत्कालीन सरकारले भागबन्डामा आफ्ना कार्यकर्तालाई रकम लिएर नियुक्ति गरेको आरोप लाग्दै आएको थियो ।
यसै क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उप कुलपतिमा नारायण गुरुङलाइ नियुक्ति गरिएको थियो । उपकुलपतिले सर्च कमिटी बनाएर रिक्त डीन पदमा सहप्राध्यापक डाक्टर डेविड श्रेष्ठ र अस्पताल निर्देशक पदमा सहप्राध्यापक डाक्टर झपिन्द्र पोखरेल नियुक्त भएका छन्।
प्रतिष्ठानको प्रशासनिक तथा शैक्षिक सुधारका लागि ३ असोजमा श्रेष्ठलाई डीन र पोखरेललाई अस्पताल निर्देशकको जिम्मेवारी दिइएको हो। प्रतिष्ठानको गरिमामय जिम्मेवारी पाएपछि दुवै चिकित्सकले संस्थाको शैक्षिक र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।
‘प्रतिष्ठानको शैक्षिक स्तर वृद्धि, अध्ययन अनुसन्धान र नयाँ कार्यक्रम विस्तारमा मेरो ध्यान केन्द्रित हुने नवनियुक्त डीन श्रेष्ठले बताएका छन । अस्पतालको सेवा सुधारलाई प्राथमिकतामा राखिने नवनियुक्त निर्देशक पोखरेलले बताए। अस्पताल प्रशासनको जिम्मा निर्देशकको हुनेछ ।
अस्पताल व्यवस्थापन र स्वास्थ्य सेवा प्रवाहमा पोखरेलले यसअघि पनि विभिन्न जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका छन्। उनी हाडजोर्नी विशेषज्ञ हुन् । भने डिन श्रेस्ठ एमाले काङ्ग्रेस सरकारको पालामा पनि डिन पदमा नियुक्ति पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्