पोखरा ।
जन्मदिन तथा विवाहोत्सवमा हुने अनावश्यक खर्च कटौती गरी सामाजिक सेवामा लगाउने उद्देश्यसहित पोखरामा एक प्रेरणादायी उदाहरण प्रस्तुत गरिएको छ।
युनिशा पाण्डेको १३औँ जन्मोत्सवको अवसरमा जन्मदिन मनाउन हुने खर्चलाई सामाजिक सेवामा लगाउँदै वात्सायन वृद्धाश्रमलाई खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरिएको छ। जन्मोत्सवलाई तडकभडकपूर्ण रूपमा मनाउनुभन्दा वृद्धवृद्धाको सेवामा सहयोग गर्नु उपयुक्त हुने भन्दै पाण्डे परिवारले उक्त सहयोग गरेको हो।
सोही अवसरमा लायन्स क्लब अफ पोखरा अभियान २६-२७ का प्रेसिडेन्ट खुम बहादुर थापा र पवित्रा थापाको २९ औ विवाहोत्सवको अवसरमा पनि संयुक्त रूपमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरिएको छ। जन्मोत्सव र विवाहोत्सवजस्ता व्यक्तिगत खुसीका अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई सहयोग गरिएको हो। सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी तथा हङ्री रिलिफ कार्यक्रमका डिस्ट्रीक सयोजल दिल बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा सहभागीहरूले व्यक्तिगत उत्सवमा गरिने खर्चको केही हिस्सा सामाजिक सेवामा लगाउन सके समाजमा सकारात्मक सन्देश जाने बताएका थिए। विशेषगरी जन्मदिन, विवाह तथा अन्य पारिवारिक उत्सवलाई मानव सेवासँग जोड्ने संस्कारको विकास गर्नुपर्नेमा उनीहरूले जोड दिए।
वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकका लागि खाद्यान्न तथा आवश्यक सामग्री सहयोगले उनीहरूको दैनिक जीवनमा केही सहजता ल्याउने अपेक्षा गरिएको छ। व्यक्तिगत खुसीलाई सामाजिक सेवामा रूपान्तरण गर्ने यस्ता अभियानले समाजमा सहयोग र सेवाको भावना थप बलियो बनाउने विश्वास गरिएको छ।
जन्मोत्सव र विवाहोत्सवको अवसरमा गरिएको यो संयुक्त सहयोगले ‘आफ्नो खुसी अरूको सेवामा’ भन्ने भावनालाई व्यवहारमै उतार्दै सकारात्मक अभ्यासको कदमको रुपमा लिन सकिने छ । जन्मोत्सव मनाउने युनिसा पान्डेका पिता डिल्लिराज पान्डेले आफुले छोरिको इच्छा अनुसार जेष्ठ नागरिकलाइ सहयोग गर्न थप प्रेरणा दिएको अनुभव सुनाए ।


प्रतिक्रिया दिनुहोस्