२०८३ कार्तिक १०
०६१४४५०००, ९८५६०३३३९१

एउटै प्रकरणमा प्रहरीको दुइवटा विज्ञप्ति , पक्राउको कारण र औषधिको कानुनी पक्ष खुलाइएको दावी , कानुनले के भन्छ ?

दशैको बिदामा फार्मेसी व्यावसायि अमिसा ढुंगाना पक्राउ परेकिछिन । कास्की प्रहरीले पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे फार्मेसीबाट ठूलो परिमाणमा लागूऔषधजन्य औषधि बरामद भएपछि प्रहरीले फार्मेसी सञ्चालिका अमिसा ढुङ्गानालाई पक्राउ गरी लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको हो ।यस बिषयमा जिल्ला प्रहरी कार्यालय कास्कीले जारी गरेका दुईवटा प्रेस विज्ञप्तिमा घटनाको विवरण र बरामद औषधिको बिक्री–वितरणसम्बन्धी कानुनी पक्षबारे उल्लेख गरिएको छ। सामाजिक सन्जाल र सन्चार माध्यममा यो बिषय भाइरल भएपछी प्रहरीले दोस्रो बिज्ञप्ति निकालेर केही सच्याएको छ भने केही थप प्रट्याएको पाइएको छ

बिजया दशमिको दिन जिल्ला प्रहरी कार्यालय कास्कीमा लेखनाथमा लागूऔषध ओसारपसार भइरहेको भन्ने सूचना आयो । त्यही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले २०८३ कात्तिक ४ गते साँझ करिब ७ बजे जलधारे फार्मेसीमा जाँच गरेको थियो। जाँचका क्रममा फार्मेसी सञ्चालिका २९ वर्षीया ढुङ्गानाको साथबाट चार प्रकारका औषधि बरामद गरिएको प्रहरीले जनाएको प्रेस बिज्ञप्ति सार्वजनिक भएको थियो ।
प्रहरीका अनुसार बरामद औषधिमा कोडिप–पी ६ हजार ४०० चक्की, प्रेगाबालिन ४५० चक्की, लोराजेपाम १५० चक्की र क्लोर्डियाजेपोक्साइड १६० चक्की रहेका छन्। यसरी कुल ७ हजार १६० चक्की औषधि बरामद भएको देखिन्छ। बरामदी मुचुल्का उठाइ प्रहरीले उनलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।

किन पक्राउ परिन् फार्मेसी सञ्चालिका?

प्रहरीले कार्तिक ६ गते सार्वजनिक गरेको विवरणअनुसार पक्राउको मुख्य कारण फार्मेसीमा औषधि भेटिनु मात्र नभई ती औषधिको बिक्री–वितरणमा कानुनी मापदण्ड पालना भए–नभएको विषयमा केन्द्रित देखिन्छ । कार्तिक ७ गतेको दोस्रो विज्ञप्तिमा फार्मेसी सञ्चालिका अमिसा ढुङ्गानाले चिकित्सकको प्रेस्क्रिप्सनबिना लोराजेपाम र क्लोर्डियाजेपोक्साइडलगायतका औषधि बिक्री गरेको भन्ने गुनासो तथा सूचनाका आधारमा कारबाही गरिएको उल्लेख छ।
प्रहरिले कार्तिक ७ गते जारी गरेको दोस्रो विज्ञप्तिमा पहिलो विज्ञप्तिमार्फत सार्वजनिक गरिएको विषयलाई लिएर सामाजिक सञ्जालमा आएका प्रतिक्रियाप्रति ध्यानाकर्षण भएको जनाउँदै औषधिको कानुनी हैसियत र बिक्री–वितरणसम्बन्धी व्यवस्था थप स्पष्ट पारिएको जनाएको छ।

बरामद भएका सबै औषधि प्रतिबन्धित हुन् त?

प्रहरीको दोस्रो विज्ञप्तिअनुसार लोराजेपाम र क्लोर्डियाजेपोक्साइड मनोप्रभावी औषधि हुन् र विज्ञप्तिमा उल्लेख भएअनुसार नेपाल राजपत्रमा प्रतिबन्धित लागूऔषधका रूपमा सूचीकृत छन्। प्रेगाबालिनको हकमा भने चिकित्सकीय सिफारिस तथा निगरानी र औषधि बिक्री–वितरणसम्बन्धी प्रचलित कानुनी व्यवस्थाको पालना गर्नुपर्ने विषय औँल्याइएको छ।
यसकारण बरामद भएका सबै औषधिलाई एउटै कानुनी श्रेणीमा राखेर हेर्नुभन्दा प्रत्येक औषधिको कानुनी हैसियत, आवश्यक अनुमति, प्रेस्क्रिप्सन र बिक्री–वितरणको अभिलेखका आधारमा अनुसन्धान हुनुपर्ने देखिन्छ।

वास्तविकता के हो?

दुवै विज्ञप्तिलाई एकसाथ विश्लेषण गरेर हेर्दा यो घटना लागूऔषध ओसारपसारसम्बन्धी सूचनापछि गरिएको प्रहरी जाँच र नियन्त्रित औषधिको बिक्री–वितरणमा कानुनी प्रक्रिया पालना भए–नभएको विषयसँग सम्बन्धित देखिन्छ। दोस्रो विज्ञप्ति पहिलो घटनालाई खण्डन गर्न जारी गरिएको नभई औषधिको प्रकृति तथा बिक्री–वितरणसम्बन्धी कानुनी पक्ष स्पष्ट पार्न जारी गरिएको प्रहरीकै दावी रहेको छ ।
यद्यपि, बरामद औषधि कहाँबाट ल्याइएको थियो, कसलाई बिक्री गरिएको थियो, बिक्रीको अभिलेख वा चिकित्सकीय प्रेस्क्रिप्सन थियो वा थिएन र कुन औषधिमा कुन कानुन अन्तर्गत कसुर स्थापित हुन्छ भन्ने विषय अनुसन्धानबाट स्पष्ट हुन बाँकी छ।
प्रहरीको विज्ञप्तिले अनुसन्धान जारी रहेको जनाए पनि उपलब्ध विवरणबाट यी सबै प्रश्नको अन्तिम निष्कर्ष निकाल्न सकिँदैन। अर्को तर्फ फार्मेसी सन्चालकले गर्ने कारोबार र बिरमिको औषधी किन्न पाउने अधिकार बीच खाडल परेको देखिन्छ । नियमित खाइरहनुपर्ने औषधिको पुर्जी लिइरहनु पर्ने झन्झट हुने देखिन्छ भने बिक्रेताले बिश्वासको आधारमा गर्ने औसधि बिक्रि कार्य कानुनी अड्चनमा मुछिने देखिन्छ । मुछिदै आएको पनि छ ।

औषधि बरामद हुनु र फार्मेसी सञ्चालिका पक्राउ पर्नु अनुसन्धान अघि बढाउने आधार हुन्; तर अन्तिम कानुनी दोष निर्धारण सम्बन्धित प्रमाण र न्यायिक प्रक्रियाबाट हुनुपर्छ। यो प्रकरणमा एक जना ब्यबसायीलाई गलत कोणबाट भाइरल बनाएको छ , उनी माथि सामाजिक सन्जालले फैसला नै सुनाएर दोषी करार गरेको छ । यो संबेदनसिल कानुनी बिषय हो सत्यतथ्य अनुसन्धान पछि मात्र सार्बजनिक गरिनुपर्छ । यस घटनाले फार्मेसीबाट हुने नियन्त्रित औषधिको बिक्री–वितरणमा प्रभावकारी अनुगमन, स्पष्ट अभिलेख र कानुनी मापदण्डको पालना आवश्यक रहेको विषयलाई पुनः उजागर गरेको छ। मनोदिपक औसधिहरु बिक्रीवितरण सम्बन्धी कानुन कार्यान्वयन गर्दा ब्यबहारिकतालाइ समस्यामा ल्याउन सक्छ तर कतिपय फार्मेसी संचालकहरुले इथिक्स बिपरित गै कमाउ धन्दाको कारोबार गर्दा सिङ्गो फार्मेसी व्यावसायि माथी नै नकारात्मक सन्देश गएको छ ।
औषधि व्यावसायिहरुको छाता सस्था नेपाल औषधी ब्यबसायी महासङ औषधि सम्बन्धी कानुनी र ब्यबहारिक समस्या रहेकोले राज्यको नियामक पक्ष र व्यावसायि दुबैले इमानदारीता अपनाउन जरुरी रहेको बताउछन । नेपाल औसधि ब्य्क्बसायी संघ गन्डकिका अध्यक्ष केशरिप्रसाद तिवारी औषधि नागरिकको जीवन रक्षाको लागि गरिने सेवामुलक ब्यबसाय भएकोले थोक बिक्रेता देखि खुद्रा बिक्रेता सम्म कानुनको पालना गर्दै अभिलेख राखेर ब्यबसाय गर्नु र प्रहरी र औषधि ब्यबस्था बिभागले असल नियतले गरेको व्यावसायिक सेवालाइ कमजोरिको रुपमा लिएर दुख दिदा सर्वसाधारण नागरिक समेत प्रतक्ष प्रवाबित हुन पुग्ने बताउछ्न । कानुन बिपरित गै गलत नियतले कारोबार गरेको पाइए हाम्रो सस्थाले त्यस्ता फर्मको सदस्यता निलम्बन गरि अनुसन्धानमा सहयोग पुर्याउने अध्यक्ष तिवारिले बताए ।
यसबाट के बुझ्नु आवश्यक छ भने कानुन कार्यान्वयन गर्ने निकाय र फार्मेसी सन्चालक र व्यावसायिहरुको छाता सस्थाले आफ्ना सदस्यहरुलाइ जिम्मेवार बनाउन कानुनलाइ आधार मान्न प्रतिबद्ध गराउनुपर्छ । औषधि ब्याबसायको गलत प्रयोग गर्ने उपर नियमन र अनुगमनलाई तिब्रता दिनुपर्छ ।
संघीयता कार्यान्वयनमा आएको १० बर्ष बितिसक्दा पनि औषधि ब्यबस्था बिभागको प्रदेश कार्यालय खुल्न नसक्नुलाइ बिडम्बनाको रुपमा लिइएको छ । सम्बन्धित बिषयगत कार्यालय नहुदा अनुगमन , नियमन , दर्ता , नविकरण समेत हुन केन्द्रको मुख ताक्नुपरेको छ । सरकार फेरियो , मन्त्री फेरियो तर अबस्था फेरिएको छैन । जनतासङ्ग प्रत्यक्ष जोडिएको औषधि ब्यबस्था बिभागको शाखा कार्यालय गण्डकी प्रदेशमा नहुदा कतिपय ब्यबसायीले दुख पाएका छन भने कतिपय ब्यबसायीले फाइदा लिएका छ्न । १२ सय बढी फार्मेसी भएको गन्डकी प्रदेशमा कहिले खुल्छ औषधि ब्यबस्था बिभागको शाखा ?

प्रतिक्रिया दिनुहोस्