कांग्रेसको १५औँ महाधिवेशन कास्कीमा गर्मागर्मी रुपमा अगाडि बढेको छ । कास्की –२ काङ्ग्रेसका नेताहरुको गढको रुपमा परिचित छ । यहाँ पुर्व मन्त्री बिन्दु थापा देखि केन्द्रिय प्रवक्ता देवराज चालिसे र प्रदेश प्रवक्ता माधव बास्तोला मधु समेत छन । कास्की २ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिनेमा पोखरा ४ का वडा पुर्व वडा अध्यक्ष शङ्कर बास्तोलाले हिम्मत गरेर मैदानमा उत्रिएकाछन ।
वडा तहको संगठनदेखि क्षेत्रीय जिम्मेवारी, स्थानीय तहको निर्वाचन हुँदै प्रदेश महाधिवेशन प्रतिनिधिसम्मको राजनीतिक अनुभव बोकेका शंकरप्रसाद बास्तोला नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं. २ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने भएका हुन ।
लामो समयदेखि नेपाली कांग्रेसको संगठनमा सक्रिय बास्तोलाले पार्टीका विभिन्न तहमा रहेर जिम्मेवारी निर्वाह गर्दै आएका कार्यकर्ता हुन । पार्टीको १३औँ महाधिवेशनमा क्षेत्रीय सचिवका रूपमा सक्रिय रहेका उनी नेपाली कांग्रेसका तर्फबाट स्थानीय तहमा पोखरा महानगरपालिका वडा नं. ४ को वडाध्यक्षको जिम्मेवारीमा समेत पुगेका थिए। उनले वडाको जनप्रतिनिधि हुदा प्रखर भुमिका निभाएका थिए ।
त्यसपछि पनि पार्टी संगठनसँगको यात्रालाई निरन्तरता दिँदै उनी १४औँ महाधिवेशनमा गण्डकी प्रदेश महाधिवेशन प्रतिनिधि बने। वडा, क्षेत्र, स्थानीय सरकार र प्रदेश तहसम्मको अनुभवपछि अब उनले १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधिका रूपमा अगाडि बढ्ने मनसाय सार्वजनिक गरेका छन ।
बास्तोलाले आफ्नो राजनीतिक यात्रामा अग्रजहरूको अनुभव, मार्गदर्शन र योगदानलाई सम्मान गर्दै नयाँ पुस्ताको ऊर्जा र नवीन सोचलाई संगठनसँग जोडेर अघि बढ्नुपर्ने धारणा राख्दै आएका छन्।
राजनीतिमा अग्रजहरूको अनुभव र योगदानलाई सम्मान गर्दै युवा जोश, ऊर्जा र नवीन विचारका साथ पार्टीको संगठन सुदृढीकरण र रूपान्तरण अभियानमा सकारात्मक भूमिका निर्वाह गर्न आफू तल्लिन रहने बताए ।
पार्टीको आधारभूत तहदेखि विभिन्न जिम्मेवारीमा काम गरेको अनुभवलाई आगामी दिनमा संगठन निर्माण र पार्टीको आन्तरिक सुदृढीकरणमा उपयोग गर्ने उनको भनाइ छ।
विगतको राजनीतिक यात्रालाई निरन्तरता दिँदै बास्तोला अब अनुभव र नयाँ ऊर्जाबीचको समन्वयलाई आफ्नो राजनीतिक भूमिकाको मुख्य आधार बनाउँदै १५औँ महाधिवेशनको मैदानमा खुल्ला तर्फबाट प्रवेश गर्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्