कास्किमा दुखद घटना भएको छ ।कास्कीको पोखरा -२८ मा स्कुल बस दुर्घटना भएको छ । कालिका बोर्डिङ स्कुलको बस दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ५ पुगेको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए। दुर्घटनामा अन्य घाइतेहरूको उद्धार तथा उपचार जारी रहेको कास्की प्रहरीले जनाएको छ ।
हालसम्म मृत्यु भएका कसैको पनि पहिचान खुल्न सकेको छैन। उद्धार कार्य सम्पन्न भएपछि मात्रै मृतकहरूको सनाखततर्फ लाग्ने कास्की प्रहरी प्रमुख कार्कीले बताए।
पोखरा महानगरपालिका वडा नम्बर २८ स्थित माझठानाबाट कालिका बोर्डिङ स्कुलका लागि विद्यार्थी बोकेर आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस ओख्ले भन्ने ठाउमा सडकबाट करिब १ सय ५० देखि २०० मिटर तल भीरमा खसेको थियो। बस पुर्ण रुपमा क्षती भएको छ । बिध्यार्थिहरु कोहि सख्त घाइते अबस्थामा उपचाररत छन ।
विजयपुर सैनिक ब्यारेकबाट केही उत्तरतर्फ माझथाना नजिक भएको उक्त दुर्घटनालगत्तै प्रहरी र स्थानीयको टोली उद्धारमा खटिएका थिए। दुर्घटनामा परी घाइते भएका १८ जनाको उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगायतका अस्पतालहरूमा पठाइएको कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र पासवानले जानकारी दिए। यो घटनाले पोखरेलिलाइ शोकमा डुबाएको छ ।


प्रतिक्रिया दिनुहोस्