२०८३ आश्विन २९
०६१४४५०००, ९८५६०३३३९१

सेवा बिस्तारमा बाह्य चुनौतीको बाबजुद पस्चिमान्चल क्षेत्रीय अस्प्ताल्मा ३५ बेडको सघन उपचार कक्ष सन्चालनमा , डाइलासिस बेड सङ्ख्या सय पुर्याउने लक्ष

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ३५ शैयाको सघन उपचार सेवा(ICU) सुरु भएको छ । बाहिरी शक्तिको दवाबका बाबजुद स्व्वा बिस्तारमा सफलता हाता लागेको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान अन्तरगत सन्चालित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गन्डकी प्रदेशकै ठूलो अस्पताल हो । असोज २५”गतेबाट ३५ बेडको आइ सि यु सेवाको सुभारम्भ गरिएको छ । यसअघि १० शैयाको मात्रै सेवा रहेकोमा २५ शैया थप गरी सेवा बिस्तार गरिएको अस्पतालले जनाएको छ ।बिस्तारित सेवाको आइतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा.नारायण सिंह गुरुङ, डीन सह प्रा. डा. डेविड श्रेष्ठ र निर्देशक सह प्रा. डा. झपिन्द्र पोखरेलले शु्ुभारम्भ गरेका छन् । सेवा अन्तरगत १६ शैया आई. सि. यू., १ शैया आइसोलेसन आई. सि. यू र ८ शैया सि.सि यूका लागि व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

सरलारी अस्पतालमा सेवा विस्तारसँगै सघन उपचार कक्षमा राखी उपचार गर्नुपर्ने बिरामीहरुलाई शैया अभाव नहुने भएको छ । यसअघि शैयाको अभावमा बिरामीलाई अन्यत्र निजि अस्पतालमा पठाउनु पर्ने अवस्था रहेको थियो । तत्कालको लागि यो समस्या अन्त्य भएको प्रतिष्ठानले जनाएको छ । चालू आर्थिक बर्षमै ५० बेड सम्म पुर्याउन आवश्यक पहल गतिने प्रतिस्ठानका डिन सह प्राध्यापक डेभिड श्रेस्ठले बताए ।


सरकारी अस्पतालमा आइसियु थप गर्नु त्यति सहज बिषय थिएन । सरकारी अस्पतालमा जागिर खाने र बिहान बेलुका बाहिर काम गर्ने केहि चिकित्सक र स्वास्थ्यकर्मीहरुको बल पुगेसम्म आइसियु थप्न हुन्न भन्ने थियो । उनिहरु सरकारीमा सेवा बिस्तार गर्दा निजि लगानिका अस्पतालहरुको व्यापार सुक्ने भएपछी रोक्ने प्रयासहरु नभएका होइनन । डाक्टर भरत बहादुर खत्री भिसीको टिमले आइसियु बिस्तारको पहल अगाडि बढाएका थिए । धेरै रोकावटका बाबजुद प्रयास पश्चात् २०८२/०८/०५ को दशौं सिनेट सभा बैठक बाट थप २५ बेड ICU/CCU संचालन तथा आवश्यक दरबन्दी सृजना गरी सम्पूर्ण प्रकृया पुरा गरीको थियो । थप २५ बेड ले यस गण्डकी प्रदेशका निम्न आय भएका नागरिकले प्रतक्ष लाभ लिन सक्नेछन्।


दैनिक २ हजार रुपैया तिरेर गुणस्तरीय सघन उपचार सेवा पाउनु सर्बसाधारण नागरिकको लागी ठूलो राहतको बिषय बनेको छ । क्षेत्रीय अस्पतालको अर्को समस्या डाइलासिस सेवा बेडको अभाव पनि हो । किड्निका बिरामी बढेको बेला हाल भएको १९ बेडले धान्न सकेको छैन । प्रतिस्ठानको नयाँ टिमले १०० बेड सम्ममा बिस्तार गर्ने योजना अघि सार्ने बताएको छ । यसको बिस्तारमा तत्काल कदम अगाडि बढाइने डिन श्रेष्ठले बताए ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठानलाइ १ हजार शैया बनाउने पनि बर्तमान नेतृत्वको रहेको छ । त्यसो भयो भने प्रतिस्ठानले हजारौ जनताको सेवा गर्न स्क्ने र प्रतिस्ठान बिश्वबिध्यालयको रुपमा बिकाश गर्ने लक्ष पूरा गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्