पारिजात खराल
नेपालिहरुको महान चाडको चहलपहल बढ्दै जादा यामाहा कम्पनिको पोखरा बिक्री कक्षले यामहा ब्लु फेस्ट अभियान चलाएको छ । पोखराको सभागृह प्रांगणमा शुक्रबारदेखि यामाहाको चाँडपर्व केन्द्रीत ब्लु फेस्ट महामेला सुरु भएको हो । फेस्टको उद्घाटन नायिका प्रियंका कार्कीले गरेकिथिइन । उक्त फेष्ट असोज ३० गतेसम्म हुने भि.ए.डब्लु ईन्टरप्राईजेज प्रालिका महाप्रबन्धक सरोज श्रेष्ठले जानकारी दिए । फेस्टमा ग्राहकले कुनैपनि पुरानो बाईक तथा स्कुटर साटफेर गरेर नया बाईक खरिद गर्न सक्ने उनले बताए । ग्राहक वर्गहरुको चाहना र मागलाई मध्यनजर गरेर एक्सचेञ्ज अफर दिइएको श्रेस्ठले बताए ।
भि ए डब्लु ले बजार प्रबर्द्धन नीति अघि सार्दै विभिन्न ग्राहक सन्तुष्टि नीति अघि सारेको छ । जसमा ‘यामाहा चंगा चेट’ योजनाअन्तर्गत १ लाख रुपैयाँसम्म नगद छुट, खरिद प्रमाणित गर्दा १० लाख रुपैयाँसम्म जित्ने अवसर, हरेक हप्ता हाई–टेक ग्याजेट र बम्पर उपहारमा ब्रान्ड न्यु यामाहा आर १५ जित्न सकिनेछ । मेलामा एफजेड–एस एफआई भिएस ४, आर १५ भिएस ४, एमटी–१५ भिएस २, रेजेडआर १२५ एफआई हाइब्रिड र एरोक्स १५५ जस्ता प्रविधियुक्त मोटरसाइकल तथा स्कुटर प्रदर्शनी र बिक्रीका लागि राखिएकाछन ।
बसवारी खरिदकर्तालाई न्यूनतम किस्ताबन्दी र कम ब्याजदरमा नयाँ सवारी उपलब्ध गराइने आयोजक एमएडब्लु इन्टरप्राइजले जनाएको छ । मेलास्थलबाटै फाइनान्स, मूल्यांकन र नयाँ सवारी खरिदको सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिनेछ । महाप्रबन्धक श्रेष्ठका अनुसार ग्राहकले बाईक खरिद गर्नुअघि डिजिटल कुपनमार्फत आईफोन जित्न सक्नेछन् । जुनसुकै बाईक साटफेरमा न्यूनतम २५ हजार भ्यालुएसन हुने उनले बताए । ब्लु फेष्टमा हेलमेट, लेग गार्ड, बाइक कभर जस्ता सामानहरू ग्राहकलाई निःशुल्क प्रदान गरिने उनले जानकारी दिए । ‘यामाहाकै भयो भने न्यूनतम ५० हजार भ्यालुएसन हुन्छ । अन्य कम्पनीको भयो भने न्यूनतम २५ हजारदेखि माथि भ्यालुएसन हुन्छ,’ उनले भने । साथै, बिना धितो वा नागरिकताको भरमा बाईक, स्कुटर खरिदको अवसरमा सुविधा दिइएको पनि उनले जानकारी दिए ।
फेस्टमा यामाहाको एक्सएसआर १५५ सिसीको बाईक सार्वजनिक पनि गरिएको छ । नयाँ भेरियन्टका रुपमा ब्ल्याक, ब्लु, सिल्भर, रेड कलरमा पोखरा भित्रिएका सो बाईकहरुको नायिका प्रियंका कार्की, एमएडब्लुका रिजनल सेल्स म्यानेजर राम बोगटीले र भिएडब्लुका महाप्रबन्धक सरोज श्रेष्ठले संयुक्त रुपमासार्वजनिक गरेका थिए ।
एक्सएसआर १५५ सिसीका बाईकहरु पछिल्लो समय आकर्षणको केन्द्रमा रहेकाछन । युवाहरुको लागि उपयुक्त रहेको एमएडब्लुका रिजनल सेल्स म्यानेजर राम बोगटीले बताए । खास गरेर महिलाका लागि त झन् उपयुक्त हुने उनको भनाई छ । यो बाईक अरुभन्दा पृथक रहेको उनले सुनाए । ‘१ हजार सिसी भन्दा माथिको बाईकमा पाइने डिजाइन र फिचर्स एक्सएसआर १५५ मा पाउनुहुन्छ,’ उनले भने, ‘भिभिए, टिसीएस यो फिचर यो बाइकमा पाउन सकिन्छ ।’ एक्सएसआर १५५ को मूल्य ५ लाख ३४ हजार ९ सय र ५ लाख ६४ हजार ९ सय रहेको उनले जानकारी दिए ।
पोखराको केन्द्र भाग पोखरा सभागृहमा आयोजना गरिएको ब्लु फेस्ट मेलामा सुक्रबार देखि नै बाइक तथा स्कुटर पारखिहरुको बाक्लो उपास्थिती रहेको छ । बलियो र भरपर्दो इन्जिनको नाम कमाएको यामाहाले सर्बसुलभ र सहज फाइनान्सको समेत परिपाट मिलाएको छ । मेला असोज २८ गते सम्म जारी रहने सेल्स प्रबन्धक राम बोगटिले बताए ।


प्रतिक्रिया दिनुहोस्