जेन्जी आन्दोलनका मुद्दा फिर्ता, बन्दी रिहाइ तथा १० बुँदे सम्झौता कार्यान्वयनका विषयमा पोखरामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जेन्जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूहको आयोजनामा पोखरा सेन्ट्रल ओसिस, तेर्सापट्टीमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
सरकारले सीमित मुद्दा मात्र फिर्ता गर्ने तयारी गरिरहेको भन्दै पीडित र परिवारमा चिन्ता बढेका बेला सरोकारवालाहरूबीच गहन छलफल गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन्। कार्यक्रममा काठमाडौंबाट आएका जेन्जी अगुवाहरू, मुद्दा पीडित, अभिभावक तथा पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा मुख्य वक्ताका रूपमा राष्ट्रियस्तरमै जेन्जी मुद्दा फिर्ताको विषयमा विगत एक वर्षदेखि निरन्तर आवाज उठाइरहनुभएका जेन्जी अगुवाहरू सरिश्मा थापा र मोनिका निरौला खली थापा , चन्द्र बहादुर गुरुङ् लगायतले सम्बोधन ।
बक्ताहरुले आन्दोलनकारीहरूको न्याय, राजनीतिक मुद्दाको फिर्ता र थुनामा रहेका बन्दीहरूको बिनाशर्त रिहाइका लागि सार्वजनिक बहस र दबाब आवश्यक रहेको कुरामा जोड दिदै माग सम्बोधन नभए आन्दोलनको आधिबेहरी ल्याउने चेतावनी दिएका थिए ।जेनजिको बलमा बनेको सरकारले जेनजी मुद्दा पीडितलाई न्याय नदिए बालेन सरकारले पनि ओलि सरकारले जस्तै हेलिकप्टर चड्ने अबस्था आउन सक्ने बताएका थिए । कार्यक्रममा पिडित परिवारका तर्फबाट पनि बिचार राखिएको थियो । हाल कास्कि कारागारमा मात्र १८ जना थुनामा रहेको सचिव राजन श्रेष्ठले बताए ।

दबाब समूहका सचिव राजन श्रेष्ठले कार्यक्रममा उपस्थित भई तथ्यपरक र जिम्मेवार पत्रकारितामार्फत यस विषयलाई सार्वजनिक बहसमा ल्याउन सहयोग गर्ने सम्पूर्ण पत्रकार तथा सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्दै न्यायको पक्षमा सहयोग गर्न आग्रह गरेका थिए । उपस्थित सहभागीहरूले जेन्जी आन्दोलनका क्रममा भएका सम्झौताहरू अक्षरांश पालना गराउन आगामी दिनमा पनि यस्ता दबाबमूलक कार्यक्रमहरू जारी राख्नुपर्ने धारणा राखेका थिए।


प्रतिक्रिया दिनुहोस्