बुधबार अपरान्ह पोखरा महानगरपालिका–१६ घार्मीखोलास्थित अन्नपूर्ण आत्मनिर्भर बाल आश्रममा आगलागी हुँदा दुईवटा भवनको माथिल्लो तला जलेर पूर्ण रूपमा नष्ट भएको छ। आगलागीबाट अन्नपात तथा फर्निचरका सामान जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा साँझ ५ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आश्रममा इँटा र बाँसले बनेका, टिन र मार्बलको छाना भएका दुईतले दुईवटा भवन रहेका थिए। स्थानीयका अनुसार आगलागीबाट करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। अन्नपूर्ण आत्मनिर्भर बाल आश्रममा अनाथ एबम बेसाहारा बालबालिकाको लालनपालन र शिक्षा दिक्षा लिदै आएका थिए । प्रमुख कार्यकारी अधिकृत शारदा बस्नेतले सस्थाको स्थापना एब सन्चालन गर्दै आएकिछिन ।



प्रतिक्रिया दिनुहोस्