२०८३ मंसिर २
०६१४४५०००, ९८५६०३३३९१

नेपाल औषधि व्यवसायी संघको खुद्रा उपाध्यक्षमा सरला कुमारी विष्टको उम्मेदवारी घोषणा

सुर्खेतको बेरेन्द्रनगरमा मङ्सिर ५ र ६गते आयोजना हुने नेपाल औषधि व्यवसायी संघको १५औँ राष्ट्रिय अधिवेशनमा उपाध्यक्ष (खुद्रा) पदका लागि सरला कुमारी विष्टले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।
संघको केन्द्रीय कार्यसमिति सदस्यसमेत रहेकी विष्टले आगामी अधिवेशनलाई भव्य र सफल बनाउन सबै औषधि व्यवसायीलाई एकजुट हुन आह्वान गर्दै उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।
उनले आफ्नो उम्मेदवारीसँगै ‘सक्षम नेतृत्व, सुदृढ संस्था, सुरक्षित व्यवसाय र सम्मानित व्यवसायी’ भन्ने नारालाई अघि सारेकी छन् । औषधि व्यवसायीको हकहित संरक्षण, व्यवसायको सुरक्षा तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्दै आफूले उम्मेदवारी दिएको उनको प्रतिबद्धताले संकेत गरेको छ ।
औषधि व्यवसायलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै विष्टले व्यवसायीको साझा समस्या समाधान र संस्थाको गरिमा अभिवृद्धिका लागि सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
नेपाल औषधि व्यवसायी संघको १५औँ राष्ट्रिय अधिवेशनलाई व्यवसायीहरूको एकता, संस्थागत विकास र नयाँ नेतृत्व चयनको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । बिस्ट नेपालगन्जमा सक्षम फार्मेसीको संचालक हुन । उनले उम्मेदवारमा गठबन्धन गर्दा अयोग्य पात्र पनि चुनिन सक्ने भन्दै आफू एउटा सिमित घेरामा मात्र नरहेको कारण साझा उम्मेदवार बनेर अघि बढेको बताएकोछिन । महिला पनि नेतृत्व सम्हाल्न सक्षम छन भन्ने पुष्टि गरेर देखाउने सरला बिस्टले दावी गरेकिछन ।

प्रतिक्रिया दिनुहोस्