२०८३ कार्तिक ३०
०६१४४५०००, ९८५६०३३३९१

नेपाल औषधि व्यावसायि संघको १५ औ राष्ट्रिय महाधिवेशन मङ्सिर क ५ र ६ गते सुर्खेतमा हुँदै , ७० प्रतिशत तयारी पूरा

नेपाल औषधि व्यावसायि संघको १५ औ राष्ट्रिय महाधिवेशन मङ्सिर ४ गते देखि ६ गते सम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने भएको छ । केन्द्रिय महाधिवेशन आयोजक समितिको सयोजन नेपाल औषधि व्यावसायि संघ कर्णाली प्रदेश कमिटिले पाएको छ । महाधिवेशनमा देशभरबाट प्रतिनिधि र पर्यबेक्षक गरि २५० जना , अतिथी र कलाकार ५० जना गरि ३ सय जनाको सहभागिता रहने महाधिवेशन आयोजक समितिका सयोजक नेपाल औषधि व्यावसायि संघ कर्णाली प्रदेश अध्यक्ष प्रेम भन्डारीले बताए ।
सराङ्कोट्लाइ प्राप्त महाधिवेशन कार्य तालिका अनुसार मङ्सिर ४ गते निर्वाचनका उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम रहेको छ भने ५ गते महाधिवेशनको उद्घाटन कार्यक्रम रहेको छ । सोहि दिन अपरान्हबाट बन्द सत्र कार्यक्रम सुरु हुने र ६ गते निर्वाचन कार्यक्रम सन्चालन गरिने बताइएको छ ।
राष्ट्रिय महाधिवेशनको तयारी ७० प्रतिशत पूरा भैसकेको सयोजक भण्डारीले बताए । ७ वटा विभिन्न उपसमिति बनाएर कार्य जिम्मेवारी बाडफाड गरिएको सयोजक भन्डारीले बताए ।कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा हुने राष्ट्रिय महाधिवेशनले औषधि व्यवसाय क्षेत्रका साझा समस्या, चुनौती र सम्भावनाबारे छलफल गर्दै आगामी कार्यदिशा समेत तय गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताइएको छ ।

धमाधम उम्मेदवारीको आकाङ्क्षा

औषधि ब्यबसायी संघको केन्द्रिय महाधिवेशनमा केन्द्रिय नेतृत्वमा पुग्न गण्डकी प्रदेशबाट उम्मेदवारी दिने चहलपहल सुरु भएको छ । केन्द्रीय पदाधिकारीमा पुगेर अनुभव हासिल गरेका गण्डकीका अग्रज ब्यबसायी टङ्क अधिकारीले केन्द्रिय अध्यक्षमा चुनाव लड्ने मनस्थिति बनाएकाछन । १४ औ अधिबेशनबाट थोक तर्फ केन्द्रिय उपाध्यक्ष बनेका अधिकारी अध्यक्षमा आफ्नो दावी स्वभाविक रहेको बताउछन । व्यावसायिक हित र ब्यबसायिको पक्षमा आफू जहिले पनि लढ्दै आएको अधिकारी बताउछन । लुम्बिनी प्रदेशका राम प्रसाद खरेलले पनि केन्द्रिय अध्यक्षका आकाङ्क्षा रहेको बताएकाछन । मुल्यमा एकरुपता , व्यावसायिक एकता र बिपन्न नागरिकलाइ सहजताका साथै प्रदेशलाई आर्थिक रुपले सक्षम बनाउने मुल मुद्दा उठाउदै आएका खरेलले केन्द्रिय अध्यक्षको दावेदारी प्रस्तुत गरेका छन । यो समाचार तयार पार्दा सम्म अध्यक्षमा २ जनाको उम्मेदवारीमा आकाङ्क्षा प्रस्तुत गरेकाछन ।
यस्तै खुद्रा तर्फका केन्द्रिय उपाध्यक्ष यमनाथ पौडेल वरिष्ठ उपाध्यक्षमा चुनाव लड्ने बताएकाछन । उनले आफुले जीवन भर व्यावसायिक हितमा लड्दै आएको पेशा र सङ्गठनलाई सङ्गसङ्गै अगाडि बढाउन चाहेको बताए ।
गन्डकी प्रदेशका सस्थापक अध्यक्ष कृष्ण प्रसाद पान्डे १५ औ अधिबेशनमा केन्द्रिय सचिबमा चुनाव लड्ने लगभग निस्चित छ । पान्डेले सामाजिक सन्जाल मार्फत आफ्नो उम्मेदवारी घोषणा गरिसकेकाछन । सङ्गठन बिस्तार र व्यावसायिक हितमा लड्न स्पस्ट छवि बनाएका पान्डेलाइ सचिवमा चुनाव जित्न कठिन देखिदैन । अन्य प्रदेशले पनि सचिवमा पान्डेलाइ सहयोग गर्ने बताएकाछन । उनको निर्विरोध चुनाव जित्ने सम्भावना पनि उतिक्कै बलियो रहेको व्यावसायिहरु बीचमा चर्चा चलेको छ ।
यस्तै गण्डकी बाट महिला केन्द्रिय सदस्यमा कमला भन्डारीको उम्मेदवारी दिने बुझिएको छ ।
औषधि ब्यबस्था बिभागमा ३४ हजार फर्म दर्ता रहेको तथ्यांक भएपनी नेपाल औसधि व्यावसायि संघको महाधिवेशन करिव १२ हजार फर्म दर्ता रहेको तथ्यांकले देखाउछ । दर्ता रहेका मध्य कतिपयले दर्ता नविकरण नगरेको र ब्यबसाय बन्द गरेका छन । हाल करिब १२ हजार ब्यबसायी संघमा दर्ता रहेको नेपाल औषधि व्यावसायि संघ गण्डकीका अध्यक्ष केशरी प्रसाद तिवारीले बताए । यो अधिबेशनलेन ३ बर्षे कार्यकालको  लागि २१ सदस्यीय केन्द्रिय कार्यसमिति निर्वाचित गर्नेछ ।

देशभरबाट उम्मेदवारी दिन सुरु भैसकेको छ । यता व्यावसायिहरुले नेतृत्वमा जान चाहानेहरुका लागि अवसर मात्र खोज्ने नभै चुनौतीको सामना गर्न समेत चुनौती दिएकाछन । कास्की शाखाका पुर्व अध्यक्ष बिक्रम पन्तले सामाजिक सन्जाल फेसबूक मार्फत आगामी महाधिवेशनको सन्दर्भलाइ जोडेर चुनौती ,अवसर र भावी कार्यदिशाको बारेमा स्पस्ट हुन खबरदारी पोस्ट गरेकाछन भने नेपालगन्जकि अग्रज व्यावसायि सरला बिस्टले  आरक्षणमा महिला सहभागिताको कानुनी आधार र सुनिस्चित नेतृत्वमा गठबन्धनको बिपक्षमा धारणा सार्वजनिक गरेकिछिन ।

प्रतिक्रिया दिनुहोस्