मंसिर महिना गायन आकाशमा नया गुन्जन थपिने भएको छ । पोखराका युवाहरुको ढुकढुकी गायक रोहन जंग कार्कीको स्वरमा आउनै लागेको राजा रानी ब्यानरको प्रस्तुति लोकपप गीत ‘रिटिङ रिटिङ र्याइँ र्याइँ’ को छायांकन सम्पन्न भएको छ। कास्कीको पर्यटकीय क्षेत्र धम्पुसमा कार्तिक १९ र २० गते दुई दिन लगाएर गीतको छायांकन गरिएको थियो । मनमोहक दृश्यमा मधुर सङ्गितले नया आयाम थपिने लोकपपका पारखिहरु बताउँछन् ।
गीतको छायांकन सम्पन्न भएको जानकारी गायक कार्कीले दिएका हुन्। नवीन थापा (नवीन वर्क्स) ले छायांकन गरेको गीतको भिडियो सम्पादनको जिम्मेवारी पनि नवीन वर्क्सले नै सम्हालेको छ।
गीतमा सविन गुरुङले नृत्य निर्देशन गरेका छन् भने महेन्द्रशरण लामिछानेले स्क्रिप्ट तयार पारेका हुन्। भिडियोमा मनिका गुरुङ र आयुष गुरुङ कलाकारका रूपमा प्रस्तुत हुनेछन ।
आयुष प्रतीक अधिकारीको शब्द तथा विनोद बानियाँको संगीत रहेको गीतमा राजेश बिष्ट क्षेत्रीले संगीत संयोजन गरेका छन्। सृजन बज्राचार्यले रेकर्डिङ गरेको गीतको ध्वनि मिश्रण तथा मास्टरिङ अशिम शेरचनले गरेका हुन्।
त्यस्तै, गीतको कला निर्देशन तथा पहिरन व्यवस्थापन कपिल श्रेष्ठ (फुल मुन) ले गरेका छन्। भिडियोमा सञ्जय, प्रिन्स, आशिष, सोनम, दिपेश, अस्विन, कृष र सुरजले कोरस नृत्य प्रस्तुत गरेका छन्। म्युजिक भिडियोको प्रोमो एक समारोहका बीच भब्य रुपमा भएको गायक कार्किले बताए ।
छायांकन सम्पन्न भएसँगै अहिले गीतको पोस्ट प्रोडक्सनको तयारी भइरहेको गायक कार्कीले बताएका छन्। पोस्ट प्रोडक्सनको काम छिट्टै सम्पन्न गरी गीत सार्वजनिक गर्ने तयारी रहेको उनले जानकारी दिएका छन्। साङ्गितिक आकाशमा गायक रोहन जङ्ग कार्किले नया आयाम थप्ने सङ्गितप्रेमिहरुले अपेक्षा गरेकाछन ।



प्रतिक्रिया दिनुहोस्