२०८३ मंसिर ९
०६१४४५०००, ९८५६०३३३९१

पनेरुलाइ जगदम्भा उत्कृष्ट यातायात पत्रकारिता पुरस्कार

पोखराका कृयासिल पत्रकार माधवप्रसाद पनेरु ‘जगदम्बा उत्कृष्ट पत्रकारिता पुरस्कार–२०८३’ बाट सम्मानित भएका छन्।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि, पोखराद्वारा सञ्चालित उक्त पुरस्कार यातायात क्षेत्रको प्रवद्र्धन, दुर्घटना न्यूनीकरण र सुधारका लागि सञ्चारकर्म मार्फत उत्कृष्ट योगदान पुर्‍याएकोमा उनलाई प्रदान गरिएको हो।
कम्पनीको मंगलबार आयोजित आठौँ वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पुरस्कार अक्षयकोषदाता तथा यातायात व्यवसायी धर्मराज अधिकारी र कम्पनी अध्यक्ष ऐनकुमार साईले पत्रकार पेनरुलाई संयुक्त रूपमा नगद तथा प्रशंसापत्र प्रदान गरे ।
पोखरामा २३ वर्षदेखि निरन्तर पत्रकारितामा क्रियाशील पनेरु हाल सरोकार फोके टेलिभिजनमा प्रबन्ध निर्देशक छन् । उनले यसअघि विभिन्न मिडियामा महत्वपूर्ण जिम्मेवार निर्वाह गरिसकेका छन् । उनले यातायात क्षेत्रका साथै विभिन्न सामाजिक मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आएका छन् ।
लमजुङ जिल्लाको राइनास स्थायी घर भएका पनेरुले यसै वर्ष यो पुरस्कार प्राप्त गरेका हुन । पनेरुले इब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) द्वारा ‘पत्रकारिता –२०८३’ ‘हिमाली बालकल्याण पत्रकारिता पुरस्कार’बाट पनि सम्मानित भएका थिए । २०७४ सालमा उनलाई टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार दिइएको थियो । योसँगै उनले विभिन्न संघसंस्थाद्वारा सम्मान तथा प्रशंसापत्र पाएका छन् । पुरस्कारबाट आफूलाई आगामी दिनमा सञ्चारकर्ममा अझ क्रियाशील रहन प्रेरित गरेको उनले सरङ्कोटले बताए ।
समारोहमा मेयर आचार्यले जनघनत्वको आधारमा सार्वजनिक यातायात संचालन गर्नुपर्नेमा जोड दिए । उनले पृथ्वी राजमार्ग बस संचालक कम्पनी नेपालकै ठूलो अर्गनाइजेसन रुपमा रहेको र व्यवस्थित काउन्टर संचालन गर्ने हिसाबले पोखराघरमा काउन्टर दिइएको प्रस्ट पारे । साथै, उनले अरु बस काउन्टरलाई पनि व्यवस्थित गर्दै लैजाने भन्दै पोखरा बसपार्क चाँडै नै शिलान्यास हुने आश्वासन दिए ।
कम्पनी अध्यक्ष साईले सरकार र व्यवसायीबीच तालमेल नमिलेको गुनासो गर्दै अहिले आएको नयाँ सरकार पनि अपेक्षाअनुरुप अघि बढ्न नसकेको टिप्पणी गरे ।
अग्रज व्यावसायि स्वर्गीय द्रोणराज अधिकारीको स्मृतिमा छोराहरु केशव , दामु र धर्म अधिकारीले अक्षय कोष राखेर पुरस्कार स्थापना गरेका हुन । पुरस्कारमा पृथ्वीराजमार्ग बस सन्चालक कम्पनीले सहकार्य सहित सन्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्