युवा उध्यमी नवीन श्रेष्ठले सन्चालन गरेको एकेडेमीले सेवा बिस्तार गरेको छ । प्रविधिको बढ्दो प्रयोग र डिजिटल युगको आवश्यकतालाई मध्यनजर गर्दै पोखरा महानगरपालिका–१० अमरसिंह चोकमा रहेको एकेडेमीले आफ्नो शैक्षिक सेवा विस्तार गरेको हो।
एकेडेमीले कम्प्युटर शिक्षा, कृत्रिम बुद्धिमत्ता (एआई), ग्राफिक डिजाइन, भिडियो सम्पादन, डिजिटल मार्केटिङ, अंग्रेजी भाषा तथा लेखा व्यवस्थापनसम्बन्धी विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ।
विद्यार्थी, युवा, व्यवसायी तथा रोजगारीको खोजीमा रहेका व्यक्तिलाई लक्षित गरी सञ्चालन गरिएका कक्षामा सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यासलाई प्राथमिकता दिइएको छ। बालबालिकादेखि वयस्कसम्मका लागि आवश्यकताअनुसार तालिम उपलब्ध गराउने एकेडेमीले जनाएको छ।
एकेडेमीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत नवीन श्रेष्ठका अनुसार अहिलेको समयमा प्रत्येक व्यक्ति प्रविधिमैत्री र डिजिटल सीपमा दक्ष हुन आवश्यक छ। शिक्षालाई प्रमाणपत्रमा मात्र सीमित नराखी रोजगारी, व्यवसाय तथा दैनिक जीवनमा उपयोगी हुने व्यावहारिक ज्ञान प्रदान गर्नु एकेडेमीको मुख्य उद्देश्य रहेको उनले बताए।
एकेडेमीले अनलाइन तथा प्रत्यक्ष दुवै माध्यमबाट कक्षा सञ्चालन गर्ने व्यवस्था गरेको छ। अमरसिंह चोकमा बिस्तार भएको एकेडेमीले सुभारम्भ गरिसकेको श्रेष्ठले बताए ।



प्रतिक्रिया दिनुहोस्