युवा व्यावसायिहरुको सयुक्त ब्यबस्थापन पोखराको सिर्जना चोकमा नयाँ व्यवस्थापनसहित मङ्सिर ९ गते देखि ‘पोखरा फुड ल्यान्ड’ सञ्चालनमा आएको छ। खानाका पारखीहरूलाई लक्षित गर्दै नयाँ व्यवस्थापन र योजनासहित सञ्चालनमा ल्याइएको यस फुड ल्यान्डमा विभिन्न स्वादिष्ट फास्टफुड तथा खानाका परिकारहरू उपलब्ध हुन बताइएको छ ।
पोखराको केन्द्र भागमा ग्राहकलाई एउटै स्थानमा विभिन्न स्वादका परिकार उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको पोखरा फुड ल्यान्डमा मःम, चाउमिन, राइस लगायतका विभिन्न फास्टफुड तथा खानाका परिकारलाई विशेष प्राथमिकता दिइएको छ।
गोकुल भण्डारी, आदित्य गिरी, विनोद गिरी र रोहन जङ्ग कार्कीको संयुक्त सञ्चालकत्वमा सञ्चालनमा आएको पोखरा फुड ल्यान्डले स्वाद, गुणस्तर, सरसफाइ र ग्राहक सेवामा विशेष ध्यान दिने लक्ष्य राखेको छ।
पोखरामा बढ्दो फास्टफुड तथा विभिन्न खानाका परिकारप्रतिको आकर्षणलाई मध्यनजर गर्दै नयाँ व्यवस्थापनसहित सञ्चालनमा आएको यस फुड ल्यान्डले स्थानीय ग्राहकसँगै पोखरा भ्रमणमा आउने आन्तरिक पर्यटकहरूलाई समेत लक्षित गरेको सन्चालक रोहन जङ कार्कीले बताए ।
सञ्चालकहरूका अनुसार ग्राहकको चाहना, स्वाद र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आगामी दिनमा खानाका परिकार तथा सेवामा थप विविधता ल्याउँदै जाने योजना रहेको छ। स्वदेशमै बसेर उध्यम गर्ने सोच लिएर अघि सरेका युवाहरुले आफ्नै देशमा केही गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्