२०८३ मंसिर १२
०६१४४५०००, ९८५६०३३३९१

तारकेश्वरका तीन सडकका लागि ४३ करोड विनियोजन, केही दिनमै ठेक्कामा जाने

केन्द्र सरकारले तारकेस्वर गाउँ पालिकाको समस्या सुनेको छ । तारकेश्वर गाउँपालिका विपद व्यवस्थापन समितिको सिफारिस र गाउँकार्यपालिकाको निर्णयबाट माग भएबमोजिम तारकेश्वर गाउँपालिकाका तीन सडकको कालोपत्रे ढलानसहितको स्तरोन्नतिका लागि रु. ४३ करोड बजेट निकासा भएको छ ।

चन्दनी, सिम्ले, ढाँडाखर्क, दाङसिङ सडकका लागि रु १३ करोड, कोशीखोला, पिमलटार, उपल्लोडिही, जोरचौतारा, काउले, धादिङ सडकका लागि रु. २० करोड र बगुवा सिमलेबेसी खोलेबेसी कोलडाँडा तारुका सडकका लागि रु. १० करोड बजेट निकासा भई तत्काल स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया सुरु गर्न लागिएको हो ।

शुक्रबार गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले जिल्ला पूर्वाधार डिभिजन कार्यालयका प्रमुखज्यूसँग छलफल गरी केही दिनभित्रै प्राविधिक नापजाँच सम्पन्न गरी ठेक्का प्रक्रिया सुरु गर्न आग्रह गरेकाछन ।

अध्यक्ष अधिकारीले कालोपत्रे र ढलान लाई प्राथमिकता गर्ने भएको बुझिएकाले स्थानीय भौगोलिक आवश्यकता अनुसार ढलान र कालोपत्रे दुवै गर्ने प्रबन्ध मिलाउन आग्रह गर्दै त्यसका लागि स्थानीय सरकारका तर्फबाट आवश्यक निर्णय र पहलकदमी गर्न आफू तयार रहेको अधिकारीले बताए ।
अध्यक्ष शिव अधिकारीले आफ्नो पालिकाको सर्वाङ्गिण बिकासको लागि योजनाबद्ध ढङ्गले काम गर्दै आएकाछन । शिक्षा स्वास्थ्य र पुर्वाधार आफ्नो प्राथमिकता रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्