प्राबिधिक बिषयमा डिप्लोमा तह पढ्नेहरुको आकर्षण बढिरहेको बेला बिध्यार्थी र अभिभावकलाई लक्षित गर्दै पोखरा युनाइटेड एकेडेमी भद्रकाली मार्गले प्राबिधिक धारको पढाइको अनुमती पाएर प्रक्रिया अगाडि बढाएको छ । सिटिइभिटीले एकेडेमीलाई शैक्षिक सत्र २०८२ देखि लागू हुने गरि डिप्लोमा इन सिभिल इन्जिनियरिङ , डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी(IT ) र डिप्लोमा इन होटल म्यानेजमेन्टको अनुमति दिएपछी तीन बर्षिय कार्यक्रम सुरुवात गरिएको पोखरा युनाइटेड एकेडेमिका प्रमुख कार्यकारी निर्देशक इन्जिनियर महेन्द्र बहादुर गोदारले बताए ।
अबको शिक्षा सिपमुलक ,जिवनौपयोगि र प्रबिधियुक्त हुनुपर्ने समयको माग रहेकोले आफ्नो एकेडेमीले प्राबिधिक बिषयमा जोड दिएको र सिटिइभिटिले पनि स्रोत साधन र जनशक्तिको मुल्याङ्कन गरेर अनुमति दिएको गोदारले बताए । हामी सङ्ग प्रयाप्त आफ्नै अनुभवी जनशक्ति भएकोले देशकै नमुना र अब्बल जनशक्ति उत्पादन गर्न सफल हुने उनले बताए । सैद्धान्तिक र प्राक्टिकल दुबैलाइ महत्व दिएर सिभिल इन्जिनियर , आइ टि र होटल म्यानेजमेन्ट बिषयलाई पढाउदै सक्षम र आत्मनिर्भर शिक्षा दिने योजना एकेडेमीले लिएको छ । तीन बर्ष पढेपछी कार्यक्षेत्रको मैदानमा उत्रन योग्य जनशक्ति उत्पादन गर्न कुनै कशर बाकी नराखिने कोर्ष को-अर्डिनेटर इन्जिनियर रविन्द्र गोदारले बताए ।
एकेडेमीले कक्षा ११-१२ मा बिज्ञान ,ब्यबस्थापन र होटल ब्यबस्थापन बिषय अध्यापन गर्दै आएको छ । प्रयोगशाला र खेलमैदान सहित आफ्नै भवनमा करिब एक हजार बिध्यार्थी छन । चालू शैक्षिक सत्र देखि ३ बर्षिय डिप्लोमा कोर्ष चलाउन बिध्यार्थी भर्ना कार्यक्रम भइरहेको बताइएको छ । सिटिइभिटिको कार्यक्रमलाई राष्ट्रिय र अन्तरास्ट्रिय मान्यता पाएको छ । बिज्ञान र गणित बिषयमा राम्रो नम्बर पाएर पनि नेपाली र सोसल बिषयमा एस इ इको मौका परीक्षा दिएकालाई भर्नाको अबसर रहेको कलेजले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्