२०८२ फाल्गुन २०
०६१४४५०००, ९८५६०३३३९१

मेयरलाई नागरिक भन्दा पार्टी प्यारो ! चिप्लेढुङ्गा चोकमा नेपाली कम्युनिस्ट पार्टिको शक्ति प्रदर्शन !

करिब १० वटा पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टिले मंसिर १४ गते मध्याह्नमा पोखराको मुटु चिप्ले ढुङ्गामा बृहद आमसभा सहित शक्ति प्रदर्सन गर्ने तयारी गरेको दाबी गरेकाछन । गण्डकी प्रदेश स्तरिय आमसभा गरेर १५ हजार कार्यकर्ता र समर्थक उतार्ने आयोजकले दाबी गरेकाछन ।
आज मध्याह्नमा हुने र्याली सहितको आमसभाले आम नागरिक र स्थानिय ब्यापारी र उपभोक्ताहरुलाइ सास्ती दिने भन्दै प्रभावित क्षेत्रका नागरिकहरुले चिन्ता र असन्तुष्टि ब्यक्त गरेका छन । अघिल्ला बर्षहरुमा त्यही ठाउमा आमसभा र भेला गरिदा व्यापक बिरोध भएपछी महानगर र स्थानीय प्रशासनले ठूलो भेला र आमसभा गर्न रोक लगाउने बताएका थिए ।
“गण्डकी प्रदेशका ११ जिल्लाबाट कार्यकर्ता र समर्थक ओसारेर १५ हजार मानिसको भिड जम्मा गर्ने हो भने महेन्द्रपुल देखि सिद्दार्थ्चोक सम्मको सडक जाम हुने निस्चित छ ” त्यस क्षेत्रमा व्यापार ब्यबसाय गर्ने ब्यापारिहरु बताउछन । जेनजी आन्दोलनको पिडाबाट बल्ल उठ्न लागेको अबस्थामा राजनीतिक दलहरुले डिस्टर्ब गर्न थालेको उनिहरु बताउछन । उक्त क्षेत्र पोखराको मुख्य ब्यापारिक केन्द्र भएकोले मानिसहरुको आवागमन बढि हुन्छ , मानिसको भिड देखाउन आयोजकलाई अनुकुल हुने भएकोले चिप्लेढुङ्गालाइ रोजेको नागरिक अगुवाहरु बताउछन ।
आजको भेलामा एकता गरेका दलका नेताहरु प्रचन्ड , माधब नेपाल , भिम रावल लगाएतले सम्बोधन गर्ने प्रचार गरेका छन । आजको आमसभा पोखराका मेयर धनराज आचार्यको घुलन भएको नेकपा एस पार्टी मिश्रित भएकोले पनि चिप्लेढुङ्गामा अनुमती दिएको खुलेको छ , मेयर आचार्यको सक्रियतामा स्थान अनुमती दिएको खुलेको छ  । जिल्ला प्रशासन कार्यालय कास्किले बाटो अबरोध नहुने गरि कार्यक्रम गर्ने बताएपछी शान्ती सुरक्षा सहितको अनुमति दिएको बताएको छ ।

 

 

 

फोटो – सामाजिक सन्जाल

पोखराका मेयर धनराज आचार्यका स्वकिय सचिब पुर्ण लामा पोखरामा आमसभा गर्ने स्थल नभएकोले चिप्लेढुङ्गामा गर्न बाध्य भएको बताउछन । बिदाको दिन भए अमरसिंह माविको चौर , टुडेखेल चौरमा गरिन्थ्यो । आइतबारको यो सभाले पद्धति बिगारेको छ । मेयरकै पार्टी सम्लग्न एकीकृत पार्टी नेपाली कम्युनिस्ट पार्टिले चिप्लेढुङ्गामा सभा गरेपछी अरु पार्टिलाइ रोक्ने आधार मेटिएको छ । आम चुनाब नजिकिदो छ त्यसको पीडा र चिन्ता स्थानिय व्यापारी र सडक प्रयोगकर्तामा थुप्रीएको छ । गरिखाने बाताबरण बिग्रेको दाबी गर्ने आम नागरिक भन्छन “पोखराका मेयरलाइ नागरिक भन्दा पार्टी प्यारो रहेछ , हाम्रो गुनासो अब कसले सुन्ने ?

प्रतिक्रिया दिनुहोस्