आम निर्वाचन २०८२ नजिकिदै गर्दा उम्मेदवार र मतदाताको सम्बन्ध नङ मासु जस्तै हुनु स्वभाविकै हो । यसै क्रममा स्याङ्जा जिल्ला क्षेत्र न -२ का राष्ट्रिय स्वतन्त्र पार्टिका उम्मेदवार झविलाल डुम्रे आफ्नो क्षेत्रका मतदाता खोज्दै बुटवल पुगेका छन । स्थायी घर स्याङ्जा भै हाल रुपन्देही जिल्लामा विभिन्न पेशा व्यवसायमा कर्मथलो बनाइ बस्नु हुने रा स्व पा शुभचिन्तक र परिवर्तनसिल नागरिकहरुलाई भेला गर्दै आफ्ना बाचा र योजनाहरु खुलस्त पार्दै जिल्लाबासी मतदाताको मन जितेकाछन स्याङ्जा क्षेत्र न २ का उमेदवार श्री झबिलाल डुम्रेले ।

माघ २४ गते शनिबार तिलोत्तमा योगिकुटिको द दरबार लन बेङ्कुटमा भेला भएका शुभचिन्तक एबम परिवर्तनशिल नागरिक बीच परिचयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा उपस्थित मतदाताहरुले उम्मेदवार झविलाल डुम्रे प्रती पुर्ण सहयोग रहने प्रतिबद्धता जनाएका थिए । आफ्नो जन्मभुमि गृहजिल्लाले योग्य ,कर्मशिल र इमान्दार उम्मेदवार पाएको भन्दै सहभागिहरुले जनमतले धोका नदिने बताएका थिए । “बर्षौ अरुलाइ हेर्यौ यसपाली रास्वपालाइ हेर्छौ ” ढुक्क हुन आश्वस्त पार्दै तिलोत्तमामा ब्यापार गर्दै आएका एक मतदाताले बताए । “यसपाली हाम्लाइ खोज्नु भो जिताएर पठाउछौ राम्रो गर्नुभो भने अर्को पटक हामिले तपाइलाइ खोज्छौ “उनले भने ।
भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उठेका सवाल र सुझावलाइ सिरोधार्य गर्दै उम्मेदवार झविलाल डुम्रेले धन्यबाद सहित आभार ब्यक्त गरेका थिए , उनले भने ” हामी हाम्रा नागरिक जहाँ जहाँ हुनुहुन्छ त्यहा पुग्छौ र गुनासो सुन्छौ सुझाव लिन्छौ “। यो निर्वाचनले जुराएको सामिप्यता र आत्मियताको दियो जीवनभर निभ्न दिनेछैनौ भन्दै डुम्रेले प्रतिबद्धता जनाए । शनिबारको बृहद भेलाले नारायण प्रसाद पान्डेको संयोजकत्वमा २१ सदस्यीय स्याङ्जा -रुपन्देही सम्पर्क बिभाग गठन गरेको बताइएकोछ । सयोजक पाण्डेले स्याङ्जा बाट रुपन्देही जिल्लाका विभिन्न ठाउलाइ कर्म क्षेत्र बनाइ बसेका सबैलाइ मतदानमा सहभागी गराउन बिशेष पहल गरि परिवर्तनको पक्षमा सतिशाल झै उभ्याउन सकृय भुमिका निभाउने प्रतिबद्धता जनाएका थिए ।
स्याङ्जा जिल्लाले यसपटकको निर्वाचनमा नयाँ परिवर्तनको पक्षमा उद्घोष गर्ने चर्चाले सार्थकता पाउने प्रवल सम्भावना रहेको बताइएको छ । ३५ बर्ष सम्म काङ्ग्रेस एमालेको आलोपालो बनेको सरकारले आम भुइ मान्छेहरुको जिवनस्तरमा कुनै परिवर्तन नआएको , र भ्रष्टाचार र कुशासन मौलाएको भन्दै देश ब्यापी जनलहर रास्वपाको पक्षमा उर्लिएको र त्यो परिवर्तनको आधिबेहरिले स्याङ्जाको पुरानो बिरासतलाइ भत्काएर नयाँ र सुशासनयुक्त सरकार निर्माणमा बल पुग्ने अधिकास मतदाताले अपेक्षा राखेका थिए।
गण्डकी प्रदेशको राजधानी पोखरा सङ्ग जोडिएको स्याङ्जा जिल्लाको १ नम्बर क्षेत्र पर्छ भने पश्चिम तर्फका वालिङ , गल्याङ , चापाकोट, नगरपालिका भिरकोट नगरपालिकाको वडा न ५,६,७,८र ९ वडा र कालिगण्डकि गाउँ पालिकाका ४५ वडाहरु २ नम्बर क्षेत्रमा पर्छ । पाल्पा सङ्ग जोडिएको यो क्षेत्रका नागरिकहरु रुपन्देही , नारायणगढ , र केही काठमाडौलाई कर्मक्षेत्र बनाएर बसेकाछन त्यो मत नै निर्णायक मत हुने बिश्लेषकहरु बताउछन । मतदानको बेला मात्र खोज्ने अरु बेला वास्ता नगर्ने नेताहरुबाट आजित भएका मतदाताहरु यसपटक भने सधैको सुख दुखमा अभिभावक बन्ने पात्रको खोजिमा रहेकाछन । २ नम्बर क्षेत्रमा काङ्रेस र एमालेका उम्मेदवार र रास्वपा बीच कडा प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्