२०८२ चैत्र २०
०६१४४५०००, ९८५६०३३३९१

अनलाइन ठेक्का प्रणालिमै बदमासी ! अन्तिम समयमा सेटिङ र ह्याकिङ गरि ठेक्का हत्याउने गरेको खुलासा

मेनुअल ठेक्का फारम भर्दा मिलेमतो हुने , गुण्डागर्दी गरि ठेक्का हाल्न नदिने , फर्म लिनेहरु बीच पहिचान गरि ठेक्काको कबुल अङ्क मिलाएर बढिमा ठेक्का हाली राज्यलाइ हानी नोक्सानी गरिने गरेको भन्दै नेपाल सरकारले सार्बजनिक ठेक्का प्रणालिलाइ अनलाइ प्रणालिमा ढाल्यो तर भ्रस्ट कर्मचारी र ठेकेदारको मिलेमतोका कारण ठूलो सेटिङ हुने गरेको रहस्य बाहिरिएको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन प्रणालीमा अनधिकृत रूपमा पहुँच पुर्‍याएर ठुला सरकारी ठेक्का कब्जा भइरहेको प्रारम्भिक छानबिनले देखाएको सिआइबिले बताएको छ  । कार्यालयले आफ्नो प्रारम्भिक छानबिनमा चार ठुला ठेक्का ह्याक गरी कब्जा गरेको देखिएपछि विस्तृत अनुसन्धानका लागि प्रहरीमा पठाएको छ बताएबाट यो रहस्य बाहिरिएको हो । ppmo को सर्भरमा हालिएको ठेक्काको अन्तिम समयमा खुलाइ केही मिनेट भित्रै गोप्य आर्थिक प्रस्ताव सेटिङका ठेकेदारलाइ लिक गराइ त्यो भन्दा थोरै रकम घटाइ टेन्डर फाइल पेश गरि ठेक्का हत्याउने गरेको खुलेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयको पत्रका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र साइबर ब्युरोले दुई महिनादेखि अनुसन्धान गरिरहेका छन् । हालसम्मको अनुसन्धानले सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन सिस्टममा अनुचित पहुँच (ह्याकिङ) पुर्‍याएको प्रशस्त प्रमाण भेटिएका छन् । प्रणालीमा पहुँच पुर्‍याएर अन्य कम्पनीको बोलपत्रको आर्थिक प्रस्ताव हेर्ने र त्योभन्दा कममा आफूले प्रस्ताव हालेर ठेक्का कब्जा गर्ने प्रवृत्ति देखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयका एक अधिकारीले बताए ।

सुरुमा यस विषयमा कार्यालयको आइटी टिमले छानबिन गरेको थियो । जसक्रममा प्रणालीमा अनधिकृत गतिविधि देखिएपछि विस्तृत छानबिनका लागि प्रहरीलाई पत्राचार गरिएको कार्यालयका प्रवक्ता रामप्रसाद आचार्यले बताए । अस्वभाविक ढङ्गबाट सफ्टवेरको दुरुपयोग भएकोले त्यस बारेमा गम्भीरतापूर्वक छानबिन हुनुपर्ने आवाज उठेको छ ।

अन्य ठुला तीन ठेक्कामा पनि यस्तै प्रवृत्ति देखिएको छ । यसमा ठेकेदारहरूले अन्तर्राष्ट्रिय ह्याकर समूहकै साथ लिएको प्रहरीको आशंका छ । यसअघि डिभिजन सडक कार्यालय भक्तपुरले खुलाएको एक बोलपत्रमा रौताडा कन्स्ट्रक्सनको युजरनेमबाट शंकास्पद गतिविधि देखिएको भन्दै सो कम्पनीलाई कार्यालयले सचेत गराएको थियो । सो कम्पनीले नेपालबाहिरको आइपी ठेगानाबाट समेत प्रणालीमा लगइन गरेको तथा चार मिनेट बाँकी रहँदा बिड मोडिफाई गरेको खुलेको थियो । त्यतिवेला पनि ह्याकिङ गतिविधि देखिएपछि कार्यालयले सचेत गराएर छाडेको थियो । दन्डहिनताको कारण यस्ता घटना बढिरहेको कार्यालयका एक अधिकारी बताउँछन् ।

सिआइबीका प्रमुख एआइजी डा. मनोज केसी यो घटना जटिल किसिमको र्सेटिङको गन्ध आएको बताइएको छ । उनिहरु कतै न कतै मिलेको र ह्याक ठूलो चलखेल देखिन्छ । राज्यको अरबौ रुपैया हानिनोक्सानी हुनेगरी भएका यस्ता खेतिहरु अब रोकिन पर्छ । सेटिङ र ह्याकिङ दुबै खेल यसमा हुन सक्छ सूक्ष्म अध्यन हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्