२०८१ चैत्र ५
०६१४४५०००, ९८५६०३३३९१

अर्काको टोलमा फोहोर फाल्नेहरु होसियार

आफु सफामा वस्ने आफ्नो घरको फोहोर अर्काको टोलमा लगेर फाल्ने कुत्सीत मनसाय भएकाहरु लाई पोखरा महानगरपालिकाले खोजी खोजी कारवाहि गर्न थालेको छ । सोहि क्रममा मंसिर २२ गते शनिवार पोखरा महानगरपालिकाको सरसफाई शाखाका कर्मचारीले रानीपौवा तुलसीमार्गमा फालिएको फोहोरको वारेमा छानविन गरि दाषी पत्ता लगाएर दण्डित गरेको छ । शनिवार रातो स्कुटरमा फोहोर फालेको थाहा पाएपछि पोखरा महानगरपालिका सरसफाई शाखाका कर्मचारीहरुले वोराको फोहोर खोलेर त्यहा संलग्न कागजपत्र हरु वाट फोहोर फाल्ने व्यक्ति पहिचान गरि ३ हजार जरिवाना असुल गराई फोहोर समेत उठाई फिर्ता पठाइएको छ । सरसफाइ शाखाकी शाखा अधिकृत कल्पना वरालका अनुसार फोहोर मैलाको वोरा भित्र फेला परेका स्वास्थ्य परीक्षण कार्ड, वैंक भौचरहरु वाट नाम र मोवाइल नम्बर पत्ता लगाई सोहि नम्बरवाट सम्पर्क गरि उनिहरु लाई फोहोर फालिएका स्थानमा वोलाइ सनाखत गराइएको थियो। सनाखत गराइए पछि चेतावनी सहित दण्डित गरिएको वरालले वताइन् ।
स्कुटरमा ओसारेर फोहोर मैला फाल्नेमा पोखरा–४ गैह्रपाटनमा .कोइरालाको घरमा कोठा भाडामा वस्ने स्याङजा सिरुवारीका अमृत ढकाल, पाल्पाकी पूजा थापा, दुलेगौडा तनहुकी सविना क्षेत्री र अर्काे एक महिला रहेका छन् । आफू सफा वस्नुपर्ने तर आफुले गरेको फोहोर मैला अरुको टोलमा लगेर फाल्ने असम्य व्यक्तिवाट पोखरा दुर्गन्धित बन्न पुगेको छ । ४ नम्बरमा वस्नेले ११ नम्बर वडामा फोहोर फाल्ने असम्य नागरिकलाई सवक सिकाउने गरि महानगरले गरेको दण्ड अप्रयाप्त रहेको सफाई अभियन्ताहरु बताउछन् ।
आफ्नो घरवाट निस्केको फोहोर मैला सहि ठाँउमा फाल्नु जरुरी छ । महानगरले फोहोर उठाउने गाडी समयमा पठाउनु पनि उतिकै जरुरी छ । समयमै गाडी आएन भने सम्वन्धित निकायमा सिकायत गर्न छोडेर अरुलाई असर पार्ने गरि फोहोर गर्नु किमार्थ राम्रो मान्न सकिन्न यस मामिलामा महानगर उतिकै बढी सचेत र जवाफदेही हुनुआवश्यक समयमै फोहोर मैला उठाउने गाडीका प्रवन्ध गर्नु महानगरको दायित्व हो भने कर शुल्क तिरेर फोहोर मैला पठाउनु नागरिकको कर्तव्य हो ।
फोटोमा देखिएका व्यक्तिहरु जसले गैह्रापाटनको फोहोर स्कुटरमा हालेर रानीपौवा तुलसी मार्गमा फाले उनिहरुले गल्ती महसुुस गरेका छन् । त्यस्तै वेहाल र वेइज्जतबाट जोगिन अरु नागरिकले पाठ सिक्ने की ?
न्युरोडको फोहोर सिसा अर्मलामा
यस्तै पोखरा न्युरोडको घर वनाउँदा फुटेको सिशा लगायतका जोखिम पुर्ण फोहोर पोखरा १६ अर्मलामा लगेर फ्याक्दै गर्दा स्थानिय युवाले पक्राउ गरि वडा अध्यक्ष जीवन आचार्यलाई बुझाएका छन् । वडा अध्यक्ष आचार्यका अनुसार फोहोर फाल्ने ट्रकलाई पहिचान गरि ५ हजार जरिवाना तिराइएको छ । फालिएको फोहोर उठाउन ट्रक मालिकलाई अनुरोध गरिएको छ नउठाएमा कारवाहीको लागि लेखि पठाउने वडा अध्यक्ष आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्