२०८२ बैशाख ११
०६१४४५०००, ९८५६०३३३९१

क्याम्पस वाधक वनेपछि सिटी बस स्टप वगरबाट अन्यत्र सर्ने

सिटी वस व्यवस्थापन गर्ने पहल स्वरुप वगरको वस स्टपका लागि जग्गा नमिल्दा वस स्टप अन्यत्र सर्ने भएको छ । हाल सम्म पेखरा वसको मुख्य क्यू शाखा संचालन हुदै आएको वगरको सडकमा सवारी जाम हुन थाले पछि सडकमा पार्किङ र क्यू संचालनका लागि विकल्प खोजिएको छ ।
पिएन क्याम्पसको सटर भएको ठाउँ र फुटपाथको वीचबाट वस स्टप संचालन गर्ने सम्बन्धी पोखरा महानगर र वस व्यवसायी समिति वीच सहमती भई पोल व्यवस्थापन र निर्माण कार्य अगाडि वढेको अवस्थामा पि.एन. क्याम्पसले उक्त खाली स्थान दिन नमाने पछि वस स्टप अन्यत्र सार्न पहल सुरु भएको छ ।
पिएन क्याम्पस प्रमुख सहित सोमवार महानगरमा वसेको सर्वपक्षीय वैठकमा पिएन क्याम्पस प्रमुख सिवि थापाले कुनै पनि हालतमा वस स्टपलाई सटर अगाडिको जग्गा दिन नसकिने वताएपछि महानगर र पोखरा वस व्य.समिति अन्य ठाउँबाट वस स्टफ संचालन गर्ने निस्कर्षमा पुगेका छन् । क्याम्पस प्रमुख सिवि थापाले भने वरु सटर नचले नचलोस् क्याम्पसलाई व्यापार गर्नु छैन वस स्टप जहा लगे पनि लैजाउन ।
क्याम्पस प्रमुखको अभिव्यक्ति पछि हाल सम्म वस स्टपका लागि गरिएका पहल व्यर्थ भएको पोखरा वस व्यवसाय समितिका सचिव अमृत शर्माले भने । पोल सार्न विद्युतमा जम्मा गरेको रकम पनि फिर्ता लिएर अरु विकल्प खोज्छौं सचिव शर्माले भने । पोखरा महानगरका मेयर मान वहादुर जि.सी.ले वगरको वस स्टप अन्यत्र व्यवस्था गरिने वताए ।
पि.एन. क्याम्पसले व्यापार प्रयोजनका लागि ५१ वटा सटर निर्माण गरी भाडामा लगाएको छ । सोही स्थानमा पोखरा वस व्यवसायी समितिले आफ्नो मुख्य क्यू शाखा संचालन गर्दै आएको छ । पछिल्ला वर्षहरुमा सडकमा पार्किङ चाप वढेपछि जाम हुदै आएको कारण आलोचना खेप्दै आएको छ । यहि कारण सिम्पानी, लामाचौर लगायतका ठाउँहरुमा वस स्टपको व्यवस्थापन गरिसकेको छ ।
मुख्य समस्याको रुपमा रहेको वगरको वस स्टपलाई तत्काल व्यवस्थापन गर्न दवाव खेपिरहेको समितिले भुजुङ खोलातर्फ जाने वस लाई वागलुङ वसपार्क वाट छुटाउने तयारी गरेको छ भने गुफा लामाचौरको वसलाई शिक्षा कार्यालय कम्पाउण्डको आडवाट छुटाउन सुरु गरेको छ । अवको चुनौती पोखरा फाइनान्स र पिएन क्याम्पस गेटमा रहेको वुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्