२०८३ श्रावण १९
०६१४४५०००, ९८५६०३३३९१

पोखरा नगरसभाको निर्णय कहिले हुन्छ प्रमाणिकरण ? रातो कितावको पनि छैन सुरसार

गत बर्ष पोखरा महानगरपालिकाका ४ जना युवा जनप्रतिनिधि (वडा सदस्य) ले महानगरको नगरसभाको निर्णय सार्सार्वजनिक नगरेको भन्दै राष्ट्रिय सूचना आयोगमा उजुरी हालेका थिए । ४ नम्बर वडाका सदस्य प्रकाश कोइराला , १० नम्बरका पुर्णचन्द्र न्येउपाने , ११ का सुशील बास्तोला र ३३ का प्रकाश कार्किले नियमानुसार सूचना माग गर्दा नपाएपछी राष्ट्रिय सूचना आयोगमा पुनराबेदन दर्ता गरेका थिए । आफ्नै सभाले गरेको निर्णय थाहा पाउन सूचना आयोग पुग्नुपर्ने अबस्था यसपाली पनि दोहोरिने अबस्थामा पुगेको छ ।
पोखरा महानगरपालिकाले २०८३ असार ५ गते सुरु गरेको नगरसभा असार १७ गते सम्पन्न गरेको थियो । तर यो समाचार तयार पार्दा २०८३/०४/१८ गते सम्म निर्णय प्रमाणिकरण गरिएको छैन । यो पङ्क्तिकार साउन १५ गते शुक्रबार महानगरपालिकामा पुगि नगरसभाको निर्णय माग गर्दा प्रमाणित नभएको जानकारी पाएको थियो । नगरसभाको निर्णय १५ दिन भित्र नगर प्रमुखले प्रमाणित गरि सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधान रहेको छ तर ३३ दिन बितिसक्दापनी महानगरको नगरसभाको निर्णय प्रमाणित भएको छैन । कार्यपालिकाको निर्णय प्रमुख प्रशासकीय अधिकृतले एक हप्ता भित्र प्रमाणित गरि सार्वजनिक गर्नुपर्ने प्रावधान छ । तर समयमै निर्णय प्रमाणित नहुने रोग नै बनिसमेको छ । यहि रोगलाइ हटाउन र नागरिकले तत्काल निर्णय थाहा पाउन कार्यपालिका बैठक र नगरसभाको भेला र सार्वजनिक सुनुवाइलाइ प्रत्यक्ष प्रशारण गर्न जोडदार माग उठेको छ तर महानगरपालिका त्यसमा राजी हुन सकेको छैन । समय लम्ब्याएर प्रमाणित गर्दा निर्णय माथी नै चलखेल हुन सक्ने आशङ्कालाइ गोडमेल गरेको छ ।

रातो किताब नआउदा खाता चल्नै ढिलाइ

नगरसभाले बजेट पास गरेको एक महिना भैसक्दा पनि बार्षिक योजना किताब (रातो किताब) प्रकाशनमा ढिलाइ हुदा महानगरपालिकाको खाता सन्चालनमा आउन सकेको छैन । पोखरा महानगरपालिकामा ४३ वटा खर्च केन्द्रहरु रहेकाछन । ति सबै खर्च केन्द्रहरु अहिले ठप्प प्राय छन । सामान्यतया साउन १ गते बाट खाता सम्चालनमा आइ बजेट कार्यान्वनमा आउनुपर्ने हुन्छ ।
बजेट पास भैसकेको छ । पास भएका बजेट शुत्र सिस्टममा इन्ट्री गरेर खर्च गर्नुपर्ने हो तर अझै पनि ती खर्च केन्द्रहरुले सिलिङ भित्रको बजेट इधर उधर गर्ने गरेका कारण इन्ट्रीमा ढिलाइ भएको बित्त महाशाखाको भनाइ छ । अझै योजना किताब (रातो बूक) छाप्ने सुरसार छैन । डाटा इन्ट्री भएर प्रमाणित भएर आएपछी एक हप्तामा किताब छापिने महानगरका बित्त प्रमुख जयराम पौडेलले बताए । महानगरको गति हेर्दा साउन महिनामा योजना किताब आउने सम्भावना न्युन हुँदै गएको छ । कर राजस्व लिने सफ्टवेयर समेत २ हप्ता सम्म नचल्दा नागरिकले सास्ती र हैरानी ब्यहोर्न परेको थियो । महानगरले आन्तरिक शुशासनमा समेत जोड दिनुपर्ने देखिन्छ तब मात्र बाह्य शुसाशन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्