नेपालमा सबै भन्दा धेरै बिधुतिय सवारी बिक्री गरेको दावी गर्दै आएको बीवाइडीको आधिकारिक सर्भिस सेन्टर पोखरामा सञ्चालनमा आएको छ। साइमेक्स इंक प्रालिको आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रालिले सञ्चालनमा ल्याएको सेन्टरसँगै पोखरामा बीवाइडीको थ्री–एस अर्थात् बिक्री, सर्भिस र स्पेयर पार्ट्स सुविधा पूर्ण रूपमा सञ्चालनमा आएको हो। नयाँ सर्भिस सेन्टरको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्ले गरेका थिए । थ्री एस सेवाको औपचारिक उद्घाटन गरेपछि अबलोकन समेत भएको थियो ।
साइमेक्स इंक प्रालिका अनुसार नयाँ सर्भिस सेन्टरले गण्डकी प्रदेश र आसपासका क्षेत्रका बीवाइडी ग्राहकलाई कम्पनीकै आधिकारिक बिक्रीपछिको सेवा उपलब्ध गराउनेछ। यसअघि पोखराका ग्राहकले कम्पनीबाट तालिमप्राप्त तेस्रो पक्षीय सर्भिस पार्टनरमार्फत बिक्रीपछिक सेवा लिँदै आएका थिए।
फ्ल्यास मोबिलिटी प्रालिमार्फत सञ्चालनमा आएको सेन्टरसँगै पोखरामा बीवाइडीको बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको थ्री–एस सुविधा पूर्ण रूपमा उपलब्ध भएको छ। फ्ल्यास मोबिलिटीकी निर्देशक अनिता रानाभाटले नेपालका सडकमा ११ हजार वटा बिवाइडी गाडी गुडिरहेको जानकारी दिइन् ।
नयाँ सेन्टरबाट ग्राहकले बीवाइडीकै आधिकारिक सेवा सञ्जालमार्फत प्राविधिक सेवा, जेन्युइन स्पेयर पार्ट्स, विशेष उपकरण र कम्पनीबाट तालिमप्राप्त प्राविधिकको सेवा पाउनेछन्। यसले विद्युतीय सवारीको मर्मत तथा बिक्रीपछिको सेवामा ग्राहकको पहुँच सहज बनाउने कम्पनीको भनाइ छ।सेन्टरमा हाई–भोल्टेज प्रणालीमा काम गर्ने छुट्टै कार्यक्षेत्र पनि राखिएको छ। जेन्युइन बीवाइडी स्पेयर पार्ट्सको भण्डारण र छुट्टै भेइकल वासिङ वेको व्यवस्था गरिएको छ।सर्भिस सेन्टरले दैनिक १५ देखि १६ वटा सवारीसाधनलाई सेवा दिन सक्ने क्षमता राख्छ। यसबाट ग्राहकको प्रतीक्षा समय घट्ने र सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ।
ग्राहकले यहाँ नियमित मर्मत सेवा, ब्याट्री परीक्षण, मेकानिकल तथा इलेक्ट्रिकल रिपेयर, डेन्ट तथा पेन्ट सेवा र रोडसाइड असिस्टेन्स पाउनेछन्। वारेन्टी सर्भिस र जेन्युइन स्पेयर पार्ट्सको सुविधा पनि उपलब्ध हुनेछ।
त्यस्तै, डेडिकेटेड सर्भिस एडभाइजर र ग्राहक सम्बन्ध व्यवस्थापन टोलीमार्फत व्यक्तिगत ग्राहक सेवा दिने व्यवस्था गरिएको छ। कम्पनीले सवारी बिक्रीपछि पनि ग्राहकसँगको सम्बन्ध र सेवा निरन्तर रहने बताएको छ।
साइमेक्स इंकका हेड अफ सर्भिस सुशील तण्डुकारले बीवाइडीको सवारी खरिद गर्नु ग्राहकसँगको सम्बन्धको सुरुवात मात्र भएको बताए। ‘हाम्रो जिम्मेवारी सम्पूर्ण स्वामित्व अवधिभर कायम रहन्छ,’ उनले भने।
पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याउनु विश्वस्तरीय पूर्वाधार, दक्ष प्राविधिक, जेन्युइन स्पेयर पार्ट्स र ग्राहक केन्द्रित सेवामार्फत उत्कृष्ट सेवा दिने प्रतिबद्धताको निरन्तरता भएको उनले बताए। ‘नेपालमा विद्युतीय सवारीको बजार विस्तार हुँदै गइरहेका बेला हामी देशव्यापी सेवा सञ्जाललाई थप सुदृढ बनाउँदै प्रत्येक बीवाइडी ग्राहकलाई पूर्ण विश्वास र सहजता प्रदान गर्न प्रतिबद्ध छौं,’ उनले भने।
कम्पनीका अनुसार नयाँ सेन्टरले ग्राहकलाई सवारी बिक्रीपछि पनि सुपेरियर र सिन्सेयर सर्भिस दिने प्रतिबद्धतालाई थप बलियो बनाएको छ। गण्डकी प्रदेशमा बीवाइडीका सवारी प्रयोग गर्ने ग्राहकका लागि आधिकारिक सेवा, पार्ट्स र प्राविधिक जनशक्तिको पहुँच बढेको कम्पनीको भनाइ छ।
नेपालमा विद्युतीय सवारीको बजार विस्तार भइरहेका बेला बिक्रीपछिको सेवा पूर्वाधारमा गरिएको यो विस्तारलाई कम्पनीको दीर्घकालीन बजार रणनीतिसँग जोडिएको छ। आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा बीवाइडीले नयाँ पुस्ताका विद्युतीय सवारीसाधन सार्वजनिक गर्ने तयारी गरिरहेका बेला सेवा सञ्जाल विस्तारलाई कम्पनीले नेपाली बजारप्रतिको निरन्तर प्रतिबद्धताका रूपमा अघि बढाएको छ।
काठमान्डू पछि पोखरामा अटोमोबाइलको व्यापार फस्टाउदै गएको छ । पर्यटनको राजधानी भएको कारण यहाँ अटो ब्यापार फस्टाउदै गएको छ । पछिल्लो समय इभि गाडिको चहलपहल बढेको अबस्थामा बिवाइडिको मार्मेट अग्रपंक्तिमा रहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्