२०८३ श्रावण २४
०६१४४५०००, ९८५६०३३३९१

साता गतिविधि १२-१९ मा कहाँ के भयो ?

१२ साउन -नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार उनको निधन भयो । उनी ८३ वर्षका थिए । श्रेष्ठ पूर्वउपप्रधानमन्त्री समेत हुन् ।
१२ गते -पोखरा महानगरपालिकाको बैदाममा सञ्चालित फ्रेस जुस सेन्टरलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । जुस सेवन गरेपछि उपभोक्ता बिरामी भएको गुनासो आएपछि गरिएको अनुगमनका क्रममा उक्त कारबाही भएको हो ।
१२ गते -वीरगञ्ज (पर्सा)। पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। गत शनिबार अस्पतालको आकस्मिक कक्षमा उपचाररत एक बिरामीको मृत्यु भएपछि आक्रोशित समूहले गरेको तोडफोड र चिकित्सकमाथि भएको कुटपिटको विरोधमा उनीहरूले सामूहिक राजीनामा दिएका हुन्।
१३ गते -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात नेताको पार्टी सचिवालय गठन गरेको छ। बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टी विधानको भाग ६ को धारा २३ बमोजिम सचिवालय गठन गर्ने निर्णय गरेको हो। गठित सचिवालयमा सभापति रवि लामिछानेसहित उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिन कुमार आचार्य तथा सहमहामन्त्रीत्रय असिम शाह, हरि ढकाल र निशा डाँगी रहेका छन्।
१३ गते -सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडालाई कुटपिट गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङले सिद्धलेक गाउँपालिका वडा नं. ७ निवासी ४८ वर्षीय विशाल भन्ने रुद्र बहादुर गिरीलाई नियन्त्रणमा लिएको हो।
१३ गते -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेतामा बालेन्द्र शाह (बालेन) लाई मनोनीत गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री समेत रहेका शाहलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको हो ।
१४ गते -सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेललाई नियुक्त गरेको छ।
१४ गते -दाङमा १० लाख ७५ हजार रुपैयाँ बराबरका बिलबिजक नभएका मोबाइल तथा मोबाइलका सामग्रीहरू प्रहरीले बरामद गरेको छ ।
१४ गते -प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन् । सुनसरी घटनाका कारण  तराई मधेशमा अशान्ति बढेपछि  बिहीबार राष्ट्रका नाममा समेत सम्बोधन गरेका शाह राष्ट्रपति रामचन्द्र पौडेललाई समेत भेट्न गएका हुन् ।
१५ गते -ब्रड पिक हिमालमा आएको हिमपहिरोमा परी प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको छ ।पाकिस्तानको काराकोरम क्षेत्रमा बिहीबार भएको सो दुर्घटनामा १० आरोही परेका थिए ।
१६ गते -अन्नपूर्ण गाउँपालिका वडा नं. १० र ११ का स्थानीय बासिन्दाले स्याउलीबजारस्थित ४२ मेगावाटको अपर मोदी हाइड्रोपावरको कार्यालयमा तालाबन्दी गरेका छन् ।
१६ गते-सामाजिक सद्‌भाव खलबल्याएको आरोपमा पर्साबाट चारजना पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिका–११, रानीघाटबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्कीले जानकारी दिए ।i
१७ गते -प्रहरीले काठमाडौँको बूढानीलकण्ठमा गोली चलाएर कर्मा तामाङलाई नियन्त्रणमा लिएको छ ।
गए राति १०:२५ बजेतिर गोली चलाएर तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँको दावी ।
१७ गते -प्रहरीले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१० बाट तास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ । शनिबार बेलुका अष्टभुजा पेट्रोल पम्पको पछाडि रहेको तनहुँ घर भएका कमलबहादुर न्यौपानेको सञ्चालन गरेको विकल्प खाजा घरमा जुवा खेल्दै गरेको अवस्थामा जुवाडेहरू पक्राउ परेका हुन् ।
१७ गते -काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा महिला तथा वृद्धवृद्धाहरूलाई त्रसित बनाउँदै श्रृंखलाबद्ध रूपमा सुनका सिक्री लुटपाट गर्ने ‘कर्मा समूह’ का नाइके र सदस्यहरूलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुख्यात गिरोहका नाइके कर्मा तामाङसहित पाँच जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको हो।
१७ गते -युट्युब च्यानलबाट भ्रम फैलाएको आरोपमा एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ९ घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका १३ बस्दै आएका ३९ वर्षीय जनक भुषाल रहेका छन्।
१८ गते सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो । निगमका अनुसार प्रतिलिटर पेट्रोलमा रु ३, डिजेल र मट्टितेलमा रु २ र हवाई इन्धनमा प्रतिलिटर रु २० ले मूल्यवृद्धि भएको हो । यो मूल्य साउन १८ गते बिहान १ बजेदेखि लागू हुने समेत निगमले जनाएको छ ।
१८ गते -नेपाल शिक्षक महासंघले भदौदेखि आन्दोलन गर्ने निर्णय गरेको छ । महासचिव तुलाबहादुर थापाका अनुसार महासंघको परिषद् बैठकले आन्दोलन गर्ने निर्णय गरेको छ ।
१८ गते -विराटनगरको व्यापारिक घराना देवनरा समूहको घर र अफिसमा प्रहरीले छापा मारेको छ । देवनरा समूहको नेतृत्व प्रकाश मुन्दडाले गरिरहेका छन् १८ गते -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस माग गरेको आरोपमा सव–डिभिजन वन कार्यालय, बन्दीपुर, सिरहाका कार्यालय प्रमुख राम केवल रायविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
१८ – गते -गुणस्तरहीन इन्धन आपूर्ति गरेको पुष्टि भएपछि नेपाल आयल निगमले नेपाल विद्युत् प्राधिकरणलाई ११ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सुनसरीको दुहवीस्थित डिजेल जेनेरेटर प्लान्टका लागि नेपाल आयल निगमबाट फर्नेस आयल खरिदको सम्झौता गरेको थियो ।
१८ गते -मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत भक्तपुरले प्रसाईंविरुद्ध म्याद नथपी छाड्ने आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्