जिरो किमी देखि विन्ध्यवासिनी सम्मको सडकमा डिभाइडर राख्ने कार्यमा खटिएका कर्मचारी हरुमाथि दुव्र्यव्यहार गर्ने विरुद्ध कारवाहीको माग गर्दै कास्की प्शासनमा उजुरी दर्ता भएको छ । सडक डिभिजन कार्यालय पोखराका प्राविधिक कर्मचारी र सुपरभाइजरहरु सडकमा डिभाइडर राख्ने काम गरिरहँदा पोखरा ५ निवासी धनन्जय अधिकारी लगायतको स्थानिय वासिन्दाले हातपात गर्नुका साथै निर्माणाधिन कार्यको क्षति पु¥याएको भन्दै आक्रमण गरी सार्वजनिक कार्यमा क्षति पु¥याउने व्यक्तिहरु उपर कानून वमोजिम हदै सम्मको कारवाही माग गर्दै आइतवार जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी परेको थियो।
२६ गते आइतवार डिभाइडर निर्माण सम्बन्धी कार्य भइरहँदा धनन्जय अधिकारी सहितका व्यक्तिहरुले आफ्नो भनाई अनुसार डिभाइडर नराखेको भन्दै आक्रोस पोखेका प्रत्यक्षदर्शीहरुले वताएका छन् । डिभाइडर निर्माण कार्य अहिले ठप्प छ । सुरक्षाको व्यवस्था नभएसम्म र हातपात गर्नेलाई कारवाही नभएसम्म काम गर्न नसकिने सडक डिभिजन कार्यालय पोखराका कर्मचारीहरुले वताएका छन् ।
घटना घटेकै दिन आइतवार डिभिजन सडक कार्यालय पोखराले उजुरी दर्ता गराएको थियो । सो को वोधार्थ जिल्ला प्रहरी कार्यालय कास्कीमा पनि आइतवार साढे चार वजे वुझाइएको थियो तर पनि कास्की प्रशासनले उनिहरुलाई कुनै कारवाही अगाडि वढाएको छैन । भने कास्की प्रहरीले उजुरी परेको वारे थाहै नभएको वताए । यस वारेमा वुझ्दा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रजिअ चक्र वहादुर वुढा र सहायक प्र.जि.अ. सूचना अधिकारी श्रीनाथ पौडेलले उजुरी दर्ता भएको वारे जानकारी समेत नभएको वताए।
सार्वजनिक निर्माण कार्य भइरहँदा सरकारी कर्मचारीहरु कार्यस्थलमै हातपातको सिकार हुँदा पनि जिल्ला स्थित उच्च सुरक्षा अधिकारीहरुको मौनताले कर्मचारीको मनोवल गिरेको छ भने आक्रमण गर्नेहरुको मनोवल वढेको छ । वडा नं. ५ का वडा अध्यक्ष धनवहादुर नेपाली सरकारी तथा सार्वजनिक निर्माण कार्यम अवरोध गर्ने हातपात गर्ने जो कोही भएपनि कानून वमोजिम कारवाही गर्नु पर्ने वताउँछन् ।

०६१४४५०००, ९८५६०३३३९१
सरकारी कर्मचारीमाथि आक्रमण गर्नेलाई कारवाही माग गर्दै जिल्ला प्रशासनमा उजुरी दर्ता
सम्बन्धित समाचार
सूचना तथा प्रसारण विभाग दर्ता नं:
८२२/०७४/७५
प्रेस काउन्सिल सूचीकरण नं:
१११३/२०७४/०७५
© २०७५ - सराङकोट साप्ताहिकमा सर्वाधिकार सुरक्षित

प्रतिक्रिया दिनुहोस्