पोल्ट्री व्यवसायमा आत्मनिर्भरको चरणमा रहेको कास्की जिल्ला यतिखेर थप संकटमा परेको छ । माग खपत भन्दा उत्पादन र आपूर्तिको मात्रा वढेपछि वजारको सन्तुलन विग्रदै गएको छ । देशकाल, परिस्थिति नवुझिकन हचुवाको भरमा पोल्ट्री व्यवसायमा होमिन थालेपछि व्यवसायमा संकट थपिएको जानकारहरुले वताएका छन् ।
पोल्ट्री व्यवसायको मुख्य अंश प्यारेन्ट चल्लाहरु तेस्रो राष्ट्रबाट नेपाल आयात गरिदै आएको छ । थाइल्याण्डवाट मात्र ५० प्रतिशत प्यारेन्ट चल्ला नेपाल भित्रिने गरेका छन् । वाँकी चल्ला मलेसिया, श्रीलंका अष्ट्रेलिया, न्यूजिल्याण्ड र भारतवाट नेपाल आयात गरिदै आएका व्यवसायीहरु वताउँछन् ।
अहिले पछिल्लो समय चल्लाको आयात वढे पनि खपत घटेको छ त्यहि कारण ४० रुपैया उत्पादन लागत रहेको व्रोइलर कव फाइव हण्ड्रेड चल्ला २५ देखि ३० रुपैयाँमा विक्री गर्नु पर्ने वाध्यता रहेको वि भाञ्जा ह्याचरी उद्योगका संचालक विनोद भण्डारीले वताए।
यस्तै अण्डा उत्पादनको वजार विस्तार भएपछि अण्डा उत्पादकहरु सवैभन्दा वढी प्रभावित भएका छन् । दश रुपैयाँ उत्पादन लागत परेको अण्डा ७ रुपैयाँमा विक्री गर्न वाध्य भएको अण्डा उत्पादकहरुको गुनासो रहेको छ । त्रिदेव पोल्ट्री सप्लायर्सका संचालक शारद सापकोटा भन्छन् मासिक लाखौं घाटा सहेर व्यवसाय धातिरहेका छौं । राज्यले किसानका नाममा अरवौं रुपैयाको वजेट खर्च गर्दा पनि किसानी गर्दा गर्दै चुर्लुम्म ढवेका किसानलाई उकास्ने गरी कुनै कार्यक्रम नभएकोमा कृषि क्षेत्रमा आवद्ध लगानीकर्ता र कृषकहरु चिन्तित वनेका छन् । नागरिकले कमाउँदा आय कर लिने राज्यले गुमाउँदा राहत दिने निति ल्याउनु पर्ने अर्का पोल्ट्री व्यवसायी गुरु पौडेडले सुझाव दिएका छन् ।
हरेक वर्ष झम्टीरहने वर्ड फ्लू नामको राक्षसले किसानलाई कसिरहेको छ । उनिहरु आफ्नो लगानी सुरक्षा गर्न पटक पटक सरकारसँग आग्रह गर्दा पनि सरकार साशक जस्तो वनेर सके गर नसके मर भने झै गरि तर्किरहेको छ । कृषि प्रधान देशमा किसान र कृषिजन्य व्यवसायमा लगानी गर्दा डुवेर जीवनभर खाडीको देशमा भासिनु पर्ने अवस्था आउनुलाई किमार्थ राम्रो मान्न सकिन्न ।

०६१४४५०००, ९८५६०३३३९१
पोखरेली पोल्ट्री व्यवसायी झन् संकटमा
सम्बन्धित समाचार
सूचना तथा प्रसारण विभाग दर्ता नं:
८२२/०७४/७५
प्रेस काउन्सिल सूचीकरण नं:
१११३/२०७४/०७५
© २०७५ - सराङकोट साप्ताहिकमा सर्वाधिकार सुरक्षित

प्रतिक्रिया दिनुहोस्