२०८२ जेष्ठ ६
०६१४४५०००, ९८५६०३३३९१

भरतपोखरी क्षेत्रमा अबैध साल कटान, अनुसन्धान र कारबाहीमा बनको मिलेमतो आशंका

पोखरा महानगरपालिका ३३ उपल्लो पूडी र तल्लो पूडीबाट करीब ५ सय क्युफिट सालको काठ लुकाएर राखेको अवस्थामा भेटीएको दुई हप्ता बढी भएको छ। उक्त काठ एक विशेष सूचनाको आधारमा डीभिजन बन कार्यालय पोखराबाट गएको टोलीले बरामद गरेको हो ।
उपल्लो पूडीटारका केशव बहादुर आलेको घर बाट र तल्लो पूडिटारका शंकर अधिकारीको घर छेउको अधिकारीकै बल्क कम्पनीमा राखिएको अवस्थामा काठ बरामद गरिएको बन कार्यालयबाट खटाइएका अधिकृत राम बहादुर बिकले जानकारी दिनुभएको थियो। केश बहादुर आले टोल विकास संस्थाका अध्यक्ष साथै स्कूल ब्यवस्थापन समितिका अध्यक्ष समेत हून् भने शंकर अधिकारी टोल बिकास, स्कूल ब्यवस्थापन साथै तल्लो पूडी सामुदायिक बनका अध्यक्ष समेत हून् ।
पूडिटार बरपौवा बाटो निर्माण गर्दा धारापानी सामुदायिक बनमा लडेका सालका रुख भित्री गठबंधनमा अबैध रूपले ब्यात्तिले लगेको धारापानीका एक स्थानियले बताएका थिए। समितिमा कुनै छलफल नभएको समेत उनले बताएका हून् ।
यसरी काठ बिक्री वितरण गर्नु अघि जिल्ला बनको अनुमति साथै समितिको सहमति सहित टाचा अनिवार्य लगाउनु पर्ने हुन्छ । तर उक्त काठमा कुनैपनी टाचा नभएको पाइएको थियो।
यता बन कार्यालयका डीएफओ राम काजी श्रेष्ठले अनुसन्धान अधिकृत राम बहादुर बिकलाई सम्पूर्ण जिम्मेवारी दिएको बताएका छन् भने रामबहादुर आफुले काम कारवाही अगाडि बढाई रहेको दावी गर्दै आएका छन् तर प्रतिवन्तित सालका रुखका टिम्वर र फन्टा आफ्नो घर आसपासमा लुकाएर राख्ने उपर कुनै कारवाही र वनपैदावर वरामत गरिएको छैन। स्थानीय प्रशासनको सहयोगमा अनुसंधान अघि बढिरहेको र पहिलो, दोस्रो र तेस्रो पक्ष सँग बयान लिएपछि कुन किसिमको कारवाही गर्ने टु·ो लाग्ने उहाँको भनाइ थियो। जसमा शंकर अधिकारी र केसब आलेको बयान लीईसकेको समेत जानकारी बिकले दिनुभएको छ ।

Advertisement:

प्रतिक्रिया दिनुहोस्