२०८१ चैत्र १३
०६१४४५०००, ९८५६०३३३९१

सदस्य चयन विषयमा ज्ञानभूमिमा लफडा

शिक्षण संरक्षणमा व्यवस्थापन समिति चयनको विषयले तनाव सिर्जना गराएको मात्रै हैन तराइका कतिपय विद्यालयमा गोली चल्ने, ज्यान समेत ज्याने गरेका छन् । सामुदायिक विद्यालयमा गठन हुने विद्यालय व्यवस्थापन समिति लाभको पद नभएपनि समुदायका अगुवाहरुको आकर्षण भने रहने गरेको छ ।
पछिल्लो समय पोखरा ३ मा रहेको ज्ञानभूमि माध्यमिक विद्यालयको एक जना सदस्य मनोनयन गर्ने विषयमा वडा वाट खटाइएका जनप्रतिनिधि र मनोनित सदस्य वीच विवाद भएको छ । वडा सदस्य रविन कायस्थलले आफ्नो अनुपस्थितिमा सदस्य मनोनयन गरेको विषयमा प्रश्न उठाएपछि विवाद भएको वताइएको छ । स्थानीय सनकमान सिकेलाई मनोनयन गरिएको विषयमा विवाद हुँदा वडा प्रतिनिधि रविन कायस्थले मुड्कीले प्रहार गर्दा प्राचार्य तथा विव्यसका सदस्य सचिव गोविन्द प्रसाद पौडेलको टेवुलको सिसा फुटेको थियो ।
प्राचार्य पौडेलले सिके र कायस्थ वीच विवाद भएको र कायस्थको प्रहारवाट आफ्नो उपस्थिति प्रति जनप्रतिनिधिले रोक्न खोज्नुले अनियमितता गर्नेहरु डराएको प्रतिकृया दिएका छन् । मेरो उपस्थितिले कोही डराउन पर्दैन म विद्यालय सपार्न आएको हु विगार्न हैन मनोनित सदस्य सनकमान सिकेले भने ।
प्राचार्य गोविन्द पौडेलले विद्यालय व्यवस्थापन समिति केहि महिना पहिल्यै गठन भएपनि रिक्त हुन आएको सदस्य पदमा सर्वसम्मत निर्णय गरी मनोनित गरिएको वताए । विद्यालयका सवै कार्य नियमित र सामान्य भईसकेको पनि प्राचार्य पौडेलले वताए ।
गरिव दुखीका छोरा छोरी पढ्ने सरकारी लगानीका सामुदायिक विद्यालयहरु शान्त र अध्ययनमैत्री हुन जरुरी छ । अगुवाहरुवाट हुने उच्छृङखल गतिविधिवाट सिर्जना हुने अशान्ती र अभद्र व्यवहारवाट विद्यार्थीहरुले कस्तो शिक्षा पाउँलान्? एक पटक सवैले सोच्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्