
राष्ट्रिय मा.वि. पोखरा १ टुडिखेलको विद्यालय व्यवस्थापन समितिले पूर्णता नपाउँदै नयाँ प्रअको नियुक्ति गरिएको छ । पुष २५ गतेको अभिभावक भेलावाट ३ जना सदस्य चयन भएका थिए । वडा शिक्षा समिति वाट २ जना छनोट गरी पठाउने कार्य समेत नहुँदै उक्त विद्यालयमा कार्यरत सहायक प्र.अ. सुर्य तिवारी निमित्त प्र.अ. नियुक्त गरिएका हुन् ।
एक हप्ता भित्र विद्यालय व्यवस्थापन समितिले पूणर््त पाउने अवस्था निश्चित हुँदा हुँदै हतारमा प्रअ परिवर्तन गरिएको विषयलाई अर्थ पूर्ण रुपमा हेरिएको छ । विद्यालयको प्रअ कसले किन परिवर्तन ग¥यो भन्ने विाष्यमा अभिभावक भेलावाट छनोट भएर आएका विव्यस सदस्यहरु समेतलाई कुनै जानकारी नभएको उनिहरुले वताएका छन् । विव्यस सदस्य सिता अधिकारी भन्छिन् – “के सर्तमा सूर्य तिवारी प्रअ नियुक्त भएका हुन् भन्ने वारेमा अनविज्ञ छु ।”
राष्ट्रिय मा.वि.मा वेद प्रकाश वस्ती प्रअ कार्यरत रहिरहँदा उनलाई विस्थापन गर्दै सुर्य तिवारी प्र.अ. नियुक्त भए पनि वस्तीले राजिनामा दिएका छैनन् । राजिनामा नदिएको वारे हाम्रो जिज्ञाशामा उनले भने वि व्यस नै अपूर्ण छ भने कसलाई राजिनामा दिने ? सूर्यजीले प्रअ हुन निवेदन दिनुभयो त्यसपछि मेरो मनले उनलाई चिढाउन चाहेन त्यसैले निमित्त प्रअ हुन मार्ग प्रशस्त गरिदिएको हुँ । वस्तीले यसो भनिरहँदा उनि घेरावन्दीमा परेर पद छोड्न वाध्य पारिएको विद्यालयलाई नजिकवाट नियाली रहेका जानकारहरु वताउँछन् ।
राष्ट्रिय मा.वि. पोखराको पुरानो र चर्चित विद्यालय मध्यको एक हो । २४ सय विद्यार्थी अध्ययन गर्दै आएको उक्त विद्यालयको कम्पाउण्ड सँगै अञ्जुली वोर्डिङलाई आफ्नो जग्गा भाडामा लगाउदै आएको छ । सामुदायिक विदालयको जग्गा निजि वोर्डिङलाई दिएको प्रति विवाद उठेको छ भने विद्यालयकै नामको साविक वालज्योती प्रा.वि. को जग्गा वडा कार्यालयले हडप्न खोजिरहेको वेला विद्यालयको प्र.अ. परिवर्तनको खेल हुनुलाई संयोग मात्र मान्न नसकिने वताइएको छ ।
यता नवनियुक्त प्रअ सुर्य तिवारी बाल ज्योतीको घर जग्गा वडालाई दिने वारे कुनै सर्त नरहेको वताउँछन् । अञ्जुली वोर्डिङको जग्गा भाडा सम्वन्धि कुरा वि.व्य.स. को निर्णय वमोजिम हुने र त्यसमा आफूले एजेण्डा फ्लोर गर्ने प्र.अ. तिवारीले वताए ।
प्रतिक्रिया दिनुहोस्