
नेपालमा सञ्चालित निजि लगानीका वायु सेवा प्रदायक कम्पनिहरुले भाडामा सिण्डिकेट गर्दै आएको कुरा नौलो होइन। बुद्ध एअर, यति एअर सिम्रिक एअर लगायतका एअरलाइन्स कम्पनीहरुले पोखराको भाडा रु. ५०५० एकतर्फि तोकेका छन् । सिट अकुपेन्सी भएन भने मात्र सस्तो टिकट विक्री गर्ने गरेका छन् ।
वायूसेवाको भाडा सिण्डिकेट तोड्छु भनेर गत हप्ता अगाडि मात्र पोखरा काठमाडौं सेवा सुरु गरेको श्री एअरलाइन्सले एक हप्ता पनि नपुग्दै सिण्डिकेटकै कित्तामा आफूलाई समर्पित गरेको छ । श्री एअरलान्सले माघ २४ गतेबाट श्री एअरलाइन्सले पोखरा काठमाडौं उडान सेवा सुरु गरेको छ ।
माघ २४ गते शुक्रबारबाट पोखरा काठमाण्डौं रुटमा नवौं गन्तव्य रुट वाट सेवा सुरु गरेको एक हप्ता पुरा नहुँदै श्री एअरलाइन्सले भाडा वढाएर आफ्नो प्रतिबद्धता विपरित निर्णयमा पुगेको छ । श्री एअरलाइन्सले पोखरा बाट काठमाडौंको भाडा २६ सय र काठमाडौंबाट पोखरा को भाडा २ हजार मात्र लिएर सेवा दिने जानकारी गराएको थियो। श्री एअरलाइन्स कम्पनीका प्रवन्धक अनिल मानन्धरले भ्रमण वर्ष २०२० लाई केन्द्रित गरी आम नागरिकलाई लक्षित गरी सर्वसुलभ भाडा दरमा सेवा दिन कम भाडामा सेवा दिन लागिएको वताएका थिए।
कम्पनीले घोषणा गरेको सस्तो भाडाको ललिपप एक हप्ता पनि टिक्न सकेन । श्री एअरलाइन्सले भाडा घटाएपछि अन्य एअरलाइन्स कम्पनीहरुले पनि भाडा घटाउने अपेक्षा गरिएको थियो तर श्रीले आफै सिण्डिकेट पक्षधरसँग मिलेमतो गरेर उनिहरुकै दर रेटमा वढि भाडा असुल्न थालेको भन्दै यात्रुहरु रुष्ट देखिएका छन् ।
२६ सय भाडा तोकेको श्री एअरलाइन्सले ५ हजार भाडा लिएको एक यात्रुले वताए । यात्रुलाई सुपथ मूल्यमा टिकट वेच्ने प्रचार गरेको श्री एअर लाइन्सले आम यात्रुलाई अन्याय गरेकोले घोषणा गरेको कुरा पुरा गर्न नसक्नेले जन विश्वास गुमाएको उनले वताए । ति यात्रुले फोन पे बाट टिकट लिएको वताए।
वनवारी लाल मित्तलको स्वामित्व श्री एअरलाइन्स ले ९ ठाउँमा उडान भर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्