२०८१ चैत्र १०
०६१४४५०००, ९८५६०३३३९१

चण्डिका स्कुलको जग्गा अस्पताललाई दिने विव्यसको निर्णय उच्च अदालतद्धारा वदर

पोखरा १६ डाँडाथोकमा रहेको चण्डिका आधारभूत विद्यालयको जग्गा मातृशिशु मितेरी अस्पताललाई दिने विद्यालय व्यवस्थापन समितिको निर्णय उच्च अदालत पोखराले वदर गरिदिएको छ । फागुन २७ गते उच्च अदालत पोखराका न्यायाधिश डाल वहादुर थापा र किरण कुमारी गुप्ताको संयुक्त ईजलाशले चण्डिका आधारभूत विद्यालयले आगेटेको जग्गा मातृशिशु मितेरी अस्पताललाई दिने चण्डिका आधारभूत विद्यालय व्यवस्थापन समितिको निर्णय वदर गरी दिएको हो । उच्च अदालतको फैसला पछि चण्डिका स्कुलको जग्गा कव्जा गरी अस्पताल विस्तार गर्ने योजना तुहिएको छ ।
अनिरुद्र थापाको अध्यक्षतामा नवगठित विव्यसले मिति २०७६/८/२२ गते विद्यालयको जग्गा अस्पताललाई दिने हतास निर्णय गरेको थियो । निर्णयको विरुद्धमा स्थानिय डाँडाथोक टोल विकास संस्थाका अध्यक्ष होम वहादुर थापा क्षेत्री र सचिव सन्दिप थापाले २०७६ पुष १७ गते उच्च अदालत पोखरामा रिट दायर गरेका थिए । रिटमा मुख्य मन्त्री कार्यालय गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश, विद्यालय व्यवस्थापन समिति, चण्डिका प्रा.वि., पोखरा महानगर पालिका वार्ड नं. १६ कार्यालय, पोखरा महानगर पालिका र मातृशिशु मितेरी अस्पताल पोखरा गरी सात वटा निकायलाई विपक्षी वनाइएको थियो ।
मुद्दाको पक्षमा अधिवक्ता सालिकराम भट्टराई र रोहितराज वास्तोलाले वहस गरेका थिए भने विपक्षमा अधिवक्ता कमल अर्यालले वहस गरेका थिए ।
संघियता कार्यान्वयन भई जननिर्वाचित सरकार वनेपछि सामुदायिक विद्यलयका जग्गा कव्जा गरी आफू अनुकूलका निकायमा प्रयोग गर्ने अभियान नै चलेको छ । तिनै तहको स्पष्ट वहुमत सहितको सरकार वनेपछि सेटिङ मिलाएर निर्णय गर्ने र योजना पार्ने प्रवृत्तिमा तिव्र वढोत्तरी भएको छ तर पनि अदालतले सरकारको मनपरी प्रवृत्ति माथि अकुंस लगाउदै आएको छ । चण्डिका प्रा.वि.को जग्गा खोसेर अस्पताल लाई दिन म्याद नसकिदै होम वहादुर थापाको नेतृत्वमा रहेको विद्यालय व्यवस्थापन समितिलाई डिजर्भ गरेर अनिरुद्र थापाको अध्यक्षतामा अनुकुलको समिति गठन गरिएको थियो । विद्यालय व्यवस्थापन समितिले विद्यालयको सम्पत्ति संरक्षण सम्वद्धन गर्नुपर्नेमा अचल सम्पत्ति समेत अन्य निकायलाई दिने निर्णय गर्न हतारिने व्यक्तिबाट विद्यालयको हित उन्नयनमा काम होला भनेर कसरी विश्वास गर्ने ? यता सामुदायिक विद्यालयको जग्गा संरक्षण गर्न सफल भएकोमा पूर्व विव्यस अध्यक्ष समेत रहेका होम वहादुर थापा क्षेत्रीले खुसी व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्