२०८२ बैशाख ११
०६१४४५०००, ९८५६०३३३९१

सरकारी कर्मचारीको मिलेमतोमा डाक्टरको पूर्जि विनै औषधी वेच्ने प्रहरीको छानविनमा

डाक्टरको पूर्जि विनै औषधी विक्री गर्ने पोखरा १३ मियाँपाटन स्थित कुँडहर मेडिकल हलका संचालक सन्तोष वि.क.लाई फागुन २७ गते सोमबार कास्की प्रहरीले नियन्त्रणमा लिएर छानविन अगाडि वढाएको छ । सन्तोषले टापल–५० नामको दवाइ डाक्टरको पूर्जि विनै ग्राहकलाई विक्री गरेको आरोप लागेको छ । उक्त दवाई प्रसुती पिडा जस्तो वढि दुखाई हुँदा प्रयोग गर्न दिइन्छ, दुई भन्दा वढि ट्याव्लेट सेवन गर्दा लठ्ठ बनाउने हुँदा नसाको लागि टापल–५० प्रयोग हुन सक्ने एक चिकित्सकले वताए ।
ट्रामाडोल मोलिक्यूल अंकित दवाई नार्कोनन रुपमा प्रयोग हुन थालेपछि सरकारले केहि समय अघि प्रतिवन्ध लगाएको स्रोतले वतायो । ट्रामाडोलको प्रतिवन्ध पछि ट्रामाडोल मोलिक्यूलको टापेल-५० आएको र उक्त दवाई कडा खालको पेनकिलर भएकोले डाक्टरको पूर्जि विना वेचविखन गर्नु जोखिमपूर्ण हुन सक्ने एक औषधी व्यवसायीले सराङकोटलाई वताए ।
यस प्रकरणमा रामबजार प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पठाइएका सन्तोष विकलाई मंगलबार हाजिरी जमानीमा छोडिएको कास्की प्रहरी प्रवक्ता प्र.ना.उ. राजकुमार केसीले वताए । वरामद औषधी कस्तो प्रकृतिको हो भन्ने वारे औषधी व्यवस्था विभाग काठमाडौंमा लिखित जानकारी मागिएको प्रनाउ केसीले वताए । विभागले जवाफ दिएपछि कस्तो कारवाही गर्ने भन्ने एकिन हुने वताए ।
सरकारी कर्मचारीको नाममा दर्ता रहेको कुँडहर मेडिकल हलमा एच.ए. पढेका सन्तोषले व्यापार गर्दै आएका थिए । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको हाडजोर्नी विभागमा कार्यरत रमेश चन्द्र गैह्रेको नाममा दर्ता रहेको फार्मेसी गैह्र फर्मासिष्टलाई संचालन गर्न दिएको खुल्न आएको छ । एउटाको फर्ममा अर्कोको धन्दा चलाउने प्रवृत्ति रोक्न राज्यका निकायले निगरानी र कारवाहीलाई तिव्रता दिनुपर्ने सर्वत्र आवाज उठ्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्