२०८२ बैशाख ११
०६१४४५०००, ९८५६०३३३९१

फलेवास नगरपालिका १ का हरिप्रसाद पौडेल मृत अवस्थामा फेला

पर्वत फलेवास नगरपालिका–१ कार्कीनेटा निवासी, हाल पोखरा २४ डाडाखेत बस्ने हरिप्रसाद पौडेल मृत अवस्था

मा फेला परेका छन्।
फागुन २२ गतेबाट हराएका पौडेल को श्रीमती र एक छोरी छन्। ३३ वर्षिय पौडेल बेत्यानी खोलाको किनारमा पुरिएको पाइएको छ। उपमेयर मञ्जुदेवी गुरुङबाट सब फेला परे लगतै तत्काल घटना स्थल पुगि वास्तविकता पत्ता लगाउन प्रहरी प्रशासन समक्ष जानकारी गराएको जानकारी दिएकी थिइन््।
पौडेलको साथबाट सबै सामाग्रीहरु फेला परेको र भिरालो बाटो भएको कारण पैदल हिड्दा दुर्घटना भएको हुन सक्ने अनुमान स्थानीयको रहेको छ।
उनको शब पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिप्रतिष्ठानमा लगिएको कास्की प्रहरी स्रोतले जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्