
कास्की प्रहरीले भिडियो प्रेस मिट आयोजना गरेर आफ्ना गति विधि सार्वजनिक गरेको छ । नव वर्ष आरम्भकै दिन विहान ९ वजेदेखि १० वजे सम्म एक घण्टा भिडियो प्रेस मिट आयोजना गरेको थियो । हरेक महिना कार्यालयमै आयोजना गरिदै आएको प्रेस मिट कोभिड १९ को महामारीका कारण भिडियो कन्फेन्स प्रेस मिट गरेको वताइएको छ । देशभर वन्दावन्दी जारी रहेको वखतमा पनि कास्की प्रहरीले आफ्नो मासिक गतिविधि र प्रगती विवरण सार्वजनिक गरेको छ ।
२०७६ सालको अन्तिम महिना (चैत्र) मा भए गरेका गतिविधिका वारेमा कास्की प्रहरी प्रमुख एस.पि. दान वहादुर कार्कीले भिडियो मार्फत् प्रोजेक्टर प्रेजेन्टेशन प्रस्तुत गरेका थिए । लकडाउनका वेला करिव ६ सय सवारीलाई कारवाही गरिएको २७२१ वटा सवारीलाई नियन्त्रणमा लिइएको ३६६१ जनालाई कारवाही २७३ वटा सवारी पास दुरुपयोग गरिएको अवस्थामा पक्राउ गरी कारवाही गरिएको जसमा भाडामा यात्रु वोक्ने २ वटा एम्वुलेन्स नियन्त्रणमा लिई धादिङ प्रशासनमा पठाइएको विरामी वोक्न नमान्ने पोखराका दुई हस्पिटल, फेवासिटी र मेट्रो सिटी हस्पिटलका एम्वुलेन्स र चालकलाई नियन्त्रणमा लिई कारवाही गरिएको एस.पि. कार्कीले जानकारी गराए ।
चैत्र महिना भर ६७ वटा मुद्दा दर्ता गरिएको जसमा १० वटा झुण्डि मरेको, ४ वटा भवितव्य ज्यान, ४ वटा वैकिङ कसुर अपराध, ६ वटा ला.औं र २ वटा धर्म परिर्वतन सम्वन्धि मुद्दा रहेका छन् । यसै क्रममा स्वर्गको प्रमाण पत्र दिने भन्दै कोरोना सम्बन्धमा व्यापक भ्रमण फैल्याएर धर्म प्रचार गर्ने जुम्ला सिजाका केशव आचार्य विरुद्ध मुद्दा चलाइएको छ भने विभिन्न समानमा काला वजारी गर्ने ४ वटा, ठगि २ वटा मुद्दा दाय गरिएको कास्की प्रहरीले दावी गरेको छ । चैत्र महिनामा चोरी मुद्दा कुनै पनि परेनन् ।
हराएका चोरी भएका ७ थान मोवाइल सम्वन्धित धनीलाई घरमै दिइएको वताइएको छ भने प्रहरीलाई गुण र दोषको आधारमा दण्ड र पुरस्कारको निति वमोजिम कारवाही र सम्मान गरिएको छ जसमा १ प्रह र १ जवान लाई निलम्वन गरिएको र ४८ जनालाई विभिन्न कारवाही गरिएको चैत्र महिनामा १४ जनालाई पुरस्कृत गरिएको कास्की प्रहरी प्रमुख एस.पि. कार्कीले भिडियो कन्फ्रेन्स प्रेस मिटमा सहभागिलाई वताए। प्रेसमिटमा पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, फोनिजका गण्डकी संयोजक एमवि आस्था, पत्रकार दिननाथ वरार सहित करिव १ दर्जन पत्रकार सहभागि थिए ।
प्रतिक्रिया दिनुहोस्